ताजा समाचार

एकताको खुशियालीमा दीप प्रज्वलन

  • जेठ ४, २०७५
  • ७५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ ४ । विभिन्न आशंकाका वीच नेकपा एमाले र माओवादी केन्द्र विच ऐतिहासिक पार्टी एकताको घोषणा भएको भन्दै सिरहाका एमाले तथा माओवादी कार्यकर्ताहरुले जिल्लाको विभिन्न स्थानमा दिप प्रज्वलन गरी खुशियाली प्रकट गरेका छन् । सिरहाको सदरमुकाम सिरहा , लहान , गोलबजार ,धनगडी ,मिर्चैया लगायतका स्थानमा नेकपा एमाले र माओवादीका विभिन्न भातृसंगठन र तिनका कार्यकर्ताहरुले दीप प्रज्वलन गरी खुशियाली मनाएका हुन । सिरहाको लहानमा भएको दिप प्रज्वलन पछि बोल्दै लहान नगरपालिकाका नगर प्रमुख मुन्नी साहले पार्टी एकताको घोषणा सँगै जनतामा उत्साह छाएको बताउनु भयो ।

त्यस्तै प्रदेश साँसद अशोक कुमार यादव पार्टी एकता नेपाल र नेपाली जनताको चाहाना र आवश्यकता अनुसार भएकोले देशमा समृद्धि ल्याउन नव घोषित नेपाल कम्यूनिष्ट पार्टी सक्षम हुने बताउनु भयो । दीप प्रज्वलन कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले मदन आश्रित स्मृति दिवसकै दिन पार्टी एकताको घोषणा हुने अझ ऐतिहासिक भएको बताएका छन् । यसले दिवंगत नेताद्वय मदन भण्डारी र जिवराज आश्रित प्रति सम्मान प्रकट भएको समेत बताएका छन् । कार्यक्रममा नेताहरु गंगा यादव , सत्यनारायण यादव , खडग नारायण चौधरी , सुलेमान अन्सारी , रामरति राम , गणेश चौधरी, हेमन्त यादव लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।Image may contain: 2 people, people standing, night and outdoor

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤