Siraha Times
ताजा समाचार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

  • फागुन ५, २०७७
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम– प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेको छ। प्रादेशिक अस्पताल प्राङ्गणभित्रै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन्। प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रतिष्ठान कार्यालयको उद्घाटनसँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको भन्दै खुशी व्यक्त गरे।

उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने ‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने आकांक्षा अब पूरा हुने छ।विस्तारै यहीँ पनि एमबीबीएस, एमडी लगायतको पढाइ हुनेछ।’ मुख्यमन्त्री राउतले आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको चर्चा गर्दै यसको मुख्य कारण सरकारको गलत नीति रहेको आरोप लगाए। उनले प्रतिष्ठानको स्थापनासँगै चिकित्सकहरुका लागि आफ्नै गाउँठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण गर्ने विश्वास व्यक्त गरे।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको बताए। उनले यस प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए। मन्त्री साहले यस प्रतिष्ठानको स्थापनाले ठूलो रोजगारीको अवसर समेत प्रदान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस

गोविन्दपुर मुस्लिम ट ...

ओम प्रकाश यादव, लहान असोज ७ । लहान नगरपालिका–१४ अन्तर्गतका गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर ...

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१