ताजा समाचार

वाणिज्य संघ कार्यसमिति माथि कारवाहीको मांग

  • जेठ ४, २०७५
  • ११०२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ ४ । सिरहा जिल्ला उद्योग वाणिज्य संघ कार्यसमिति माथि कारवाहीको मांग गर्दै ईलाका प्रशासन कार्यलय लहानमा व्यपारीहरुले निवेदन दिएका छन्। सोनाली जेनरल स्टोरका संचालक राम औतार शर्मा , मुन्ना कपडा पसलका संचालक रियासत लिमि र न्यु कृष्णा हार्डवेयरका संचालक अजय कुमार चौधरी द्वारा हस्तारक्षित उक्त निवेदन जस्ताको त्यस्तै - मिति २०६८ साल पौष २८ गतेमा सम्पन्न यस संघको निर्वाचन बाट निर्वाचित हाल का अध्यक्ष श्री सुनिल कुमार महतो लगायतका कार्य समितिको म्याद यस संघको विधान २०६७ को परिक्षेद ४ को दफा १६/२ अनुसार कार्य समितिको कार्यकाल अबधि तिन वर्ष हुनेछ भनि व्यवस्था भएकोमा हालसम्म उक्त कार्य समिति पदीय लोभ लालचमा परि आर्थिक कारोबारको समेत हिनामिना गरिएको देखिएकोमा उक्त कार्य समितिलाई पद मुक्त गरि आर्थिक कारोबार समेत बन्द गरि नेपाल उधोग वाणिज्य संघको रोहबरमा वा ईलाका प्रशासनको अध्यक्षतामा साधारण सभा बोलाई नया कार्य समितिको गठन गराउन तर्फ आवश्यक कारवाही गरि दिनहुनका लागि अनुरोध गर्दछौ। वोदार्थ - नेपाल उद्योग वाणिज्य महा संघ काठमाडौं , जिल्ला प्रशासन कार्यलय सिरहा ,लहान नगरपालिकाको कार्यलय लहान उल्लेख गरिएको छ।

यसै बीच ईलाका प्रशासन कार्यलय लहानले जिल्ला उद्योग वाणिज्य संघ लाई निवेदनको प्रतिलिपि सहितको पत्र पठाई यस सम्बन्धमा वेहोरा सहित के कसो भएकोहो भनि जानकारी गराउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤