ताजा समाचार

मिस सिरहाको तयारी, दाईजो विरुद्ध अभियान

  • जेठ ३, २०७५
  • १२१० पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान जेष्ठ ०३ । समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले यहां मिस सिरहा प्रतियोगिताको तयारी भइरहेको छ । केएसआर प्रोडक्सन प्रालिको आयोजनामा हुन गइरहेको सो प्रतियोगितामा सिरहाका चार दर्जन युवतीहरु सहभागी हुने बताएको छ । मिस सिरहाको तयारीमा लागेका केएसआरका निर्देशक सुजित रुचालले आज पत्रकार सम्मेलन गरी सो प्रतियोगिताबारे जानकारी गराएका छन् । प्रतियोगितामा १८ देखि २५ बर्षकी युवतीहरुलाई सहभागी गराउंने भएको छ । जेठ ११ गते मिर्चैया, १२ गते सिरहा, जेठ १३ गते गोलबजार र जेठ १४ गते लहानमा अडिशन राखिने जानकारी दिए । छनौट भएका प्रतिभाशाली युवतीहरुलाई १५ दिने विभिन्न विद्यामा तालिम दिने भएको छ । तालिमको लागि काठमाण्डौका टिम आउने भएको छ भने स्थानीय प्रशिक्षकहरुबाट समेत कार्यक्रम गराउंने आजको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । तालिमको क्रममा छनौट भएका युवतीहरुलाई प्रदेश २ को धार्मिक पर्यटकीय स्थलमा पठाउंने कार्यक्रम रहेको छ । यस प्रतियोगिताले समाजको विकृति विरुद्ध आवाज उठाउंने क्षमताको विकास हुने आयोजकपक्षको दावी छ । प्रतियोगितामा प्रथम विजेतालाई ५० हजार, दोस्रो विजेतालाई ३० हजार र तेस्रो हुने विजेतालाई २० हजार उपलब्ध गराउंने भएको छ । कार्यक्रममा आयोजकपक्षका रुचालले ‘ज्यान पनि दिने पैसा (दाईजो) पनि दिनुपर्ने’ ‘यो कस्तो न्याय ?’ यस्ता प्रथालाई हटाउंन तथा जागरण गर्न यो प्रतियोगिता सार्थक हुनेछ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले मिस टाइलेन्टको रुपमा यो प्रतियोगितालाई लैजान जोड दिनुभयो । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि आवेदन दिएका सोनु लोहनी, सोनाली यादव र मोनिका खनालको विशेष उपस्थिति थियो । यो कार्यक्रम संचालन गर्न ३१ लाखको बजेट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤