ताजा समाचार

यौनकर्मीका ग्राहक अधिकांश भारतीय, ड्युटीका प्रहरी तानाशाही

  • जेठ ३, २०७५
  • ११२२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान । भारतको विहारमा मदिरा पिउन प्रतिबन्ध लगाएपछि लत मेटाउंन नेपाल पस्ने भारतीयहरु यौन कारोबारमा पनि सक्रिय हुने गरेको छ । मदिरा मात्रै होइन् अन्य कामकाजको लागि नेपाल आउंने गरेका भारतीयहरु यौन क्रियामा सक्रिय हुने गरेको खुलासा भएको छ । लहानमा आंखा उपचार, विवाह वर्तबन्ध, व्यापार तथा विभिन्न परियोजनको लागि आउंदा उनीहरु यौन क्रियाकलापमा लाग्ने गरेको खुलासा भएको छ । लहानबजारदेखि भारत २४ किलोमिटरको दुरीमा रहेको छ । लहानमा लांज र कोठा भाडा लिएर दूई दर्जन बढी यौनकर्मीहरु सक्रिय रहेको छ भने उनीहरुको अधिकांश ग्राहक भारतीय हुने गरेका छन् । समाजमा बढ्दो विकृति विरुद्ध लहान प्रहरीले अभियान चलाएपछि दूई दिनमा चार भारतीय यौन अपराधको आरोपमा पक्राउ परेका छन् । सोहीक्रममा आज मात्रै ईलाका प्रहरी कार्यालय लहानको एक टोलीले यौन व्यावसायीका ग्राहकलाई पक्राउ गरेका छन् । पक्राउ पर्ने भारत मधुवनी जिल्लाको खुटौना कलरपट्टी ग्राम पंचायत ३ बस्ने बर्ष २३ का जयप्रकाश मण्डल र सोही ठाउं बस्ने निशादेवी मण्डल रहेका छन् । पक्राउ परेका उनीहरुमाथी सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउंने भएको छ । जेठ २ गते विहान ११ बजे लहान ३ स्थित रहेको शान्ति लांजबाट यिनीहरुलाई अश्लिल अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सो लांजमा महिला पुरुष बसेर हो हल्ला गरी अश्लिल क्रियाकलाप भइरहेको सूचना पाएपछि लहान प्रहरीले चेकजांच गर्ने क्रमममा उनीहरुलाई पक्राउ गरिएको गरिएको हो । चेकजांचको क्रममा अश्लिल हर्कत गरिएका महिला र पुरुषलाई पक्राउ गर्न खोज्दा लांज संचालक ३८ बर्षीया शान्तिदेवी महतो पक्राउ गर्न खोज्दा उनी फरार भएको लहान प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई गाली गलौज गर्न खोज्दा महतोलाई पनि नियन्त्रण लिन खोज्दा फरार भएको हो । बैशाख ३१ गते भारतका बब्लु ठाकुर र जफ्रिल राईन पक्राउ परेका थिए । ड्युटीमा बसेका प्रहरीको तानाशाही शान्ति सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय लहानबाट खटिएका केही प्रहरी तानाशाही र रकम चलखेलमा उत्रिने गरेको खुलासा भएको छ । लहानको सहिद चौकको गेटमा आज ड्युटीमा रहेका प्रहरी रामपुकार मण्डलले सिटी रिक्शा र मोटरसाईकलको विवादमा रकम लेनदेन गर्न खोज्दा स्थानीयसंग बझाबाझ भएको छ । सिटी रिक्शाले एक मोटरसाईकललाई पछाडिबाट समान्य ठोकिदिए । मान्छेको भिड् लागियो । रिक्शावालाले बीच सडकमै आफ्नो गल्ती स्वीकारे । यतिसम्म रिक्शावालाले कान समेत समातिएर उठबस गरे । त्यतिकैमा प्रहरी रामपुकार र एक अर्का प्रहरीसहित आएपुगे । उनीहरुले (प्रहरी)े मिलेको विवादलाई रिक्शावालालाई एकान्तमा लगेर पैसा लिन खोज्दा स्थानीयहरुले विरोध गरे । प्रहरीले स्थानीयहरुमाथी नै आक्रोश भएर गालीगलौज गर्दै पक्राउ गर्ने धम्की दिएका थिए । समाजको घटना सामाजिकस्तरबाट नै मिलाउंनुपर्ने अवस्थामा प्रहरी बल प्रयोग र रकम चलखेलले सिमा नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤