ताजा समाचार

पोलिक्लिनिकमा ठगी धन्दा

  • चैत १२, २०७४
  • १४९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ । लहान नगरपालिका–१ की सोमनी रामले ५ वर्षीय छोरा आनन्दलाई पेट दुख्ने समस्या देखिएपछि तत्काल जिनिस पोलिक्लिनिक पुर्‍याइन् । केही दिन उपचारपछि छोरालाई घर ल्याए पनि पेट दुख्न छाडेन । सोमनीले फेरि अर्को पोलिक्लिनिक लगिन् ।दुवै पोलिक्लिनिकमा गरी २० हजार रुपैयाँ खर्च भो । तैपनि रोग पत्ता नलागेपछि उनी चिन्तित भइन् । कमजोर आर्थिक अवस्थाकी उनले आफू सेयर सदस्य रहेको सहकारीबाट १० हजार रुपैयाँ ऋण लिएर छोरालाई भारत, बिहारको दरभंगा पुर्‍याइन् । त्यहाँको उपचारपछि बल्ल छोरा निको भए ।सीमावर्ती गाउँ इँटाटारकी गर्भवती रामवतीलाई अत्यधिक रक्तस्रावपछि एम्बुलेन्समार्फत लहानस्थित लीला–मदन पोलिक्लिनिक ल्याइयो । तीन दिनको उपचारपछि पोलिक्लिनिकले गर्भको बच्चा सकुशल रहेको र जटिल समस्या नदेखिएको भन्दै घर फर्काइदियो । परिवारलाई १३ हजार रुपैयाँको बिल थमाइयो । तर, सातापछि नै रामवतीमा उही समस्या दोहोरियो । तत्काल लीला–मदनमै पुर्‍याइयो ।

यतिबेला चिकित्सकले गर्भमै शिशुको मृत्यु भएकाले शल्यक्रिया गर्नुपर्ने बताए । ‘मरता क्या न करताजस्तै भयो,’ पति लालबाबुले भने, ‘शल्यक्रियाका लागि मञ्जुरी लिने बेला ४० हजार रुपैयाँ लाग्ने बताएका थिए तर पछि ५० हजारको बिल बनाए ।’ थप रकम नतिर्ने अड्डी कस्दा पोलिक्लिनिकले बिरामी नै लैजान नदिएपछि ५० हजार नै बुझाएको उनले बताए । जिल्लामा जथाभाबी खुलेका पोलिक्लिनिकमा सामान्य स्वास्थ्य समस्यामा पनि बिरामीलाई कैयौं दिन भर्ना गर्ने र रोग बल्झिएपछि मोटो रकम असुल्ने धन्दा मौलाएको छ । यसले गर्दा विपन्न परिवारमा आर्थिक भार थपिएको छ । ऋण र अ‍ैंचोपैंचो गरेर उपचार लिनुपर्ने बाध्यता रहेका विपन्न परिवारको अशिक्षा र कमजोरीलाई नै यहाँको निजी स्वास्थ्य संस्थाले कमाइको माध्यम बनाएका छन् ।

पोलिक्लिनिकले बिरामी भर्ना र शल्यक्रियाका नाममा बारम्बार ठगी गरिरहे पनि कारबाही गर्ने निकाय मौन छन् । दुई वर्षअगाडिसम्म जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति नै नलिई सञ्चालनमा रहेको अस्पताल बन्द गराइएको थियो । उक्त अस्पतालकै सञ्चालक अहिले पोलिक्लिनिक खोलेर बिरामी ठगिरहेका छन् । जिल्लामा ४७ वटा पोलिक्लिनिक सञ्चालनमा छन् । लहानस्थित सरकारी राउस्मारक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलकुमार कुशवाहले पनि आफ्नै लगानीमा श्रेया पोलिक्लिनिक चलाइरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत उमेशलाल कर्णले सदरमुकामका पोलिक्लिनिक अनुगमन गर्न समय नमिलेको बताए । ‘पोलिक्लिनिकका बारेमा गुनासो आएको छ,’ उनले भने, ‘गलत काम गर्ने धेरैजसो पोलिक्लिनिकलाई सचेत गराइसकेका छौं ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤