विस्फोटको विरोधमा लहान बन्द, जनजीवन प्रभावित

  • चैत १०, २०७४
  • १५२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १०, २०७४ / लहान: ८ जना घाइते हुनेगरी शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ । शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकरलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी न्यून चलेका छैन । लहानमा पछिल्ला दिनमा व्यापारी लक्षित विस्फोटका घटना बढेका छन् । गत मंसिर २८ यता मात्रै व्यापारी निशाना गरेर ३ वटा विस्फोटका घटना भएका छन् । असुरक्षा बढिरहेका बेला व्यापारीहरुले सुरक्षाको माग गर्दै लहान बन्द गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१