ज्याकलिनले किनिन् प्रियंकाको घर, मुल्य ७ करोड भारु

  • माघ २४, २०७७
  • ५२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाको घर खरिद गरेकी छिन्। निकै महंगो मुल्यमा उनले प्रियंकाको घर किनेकी हुन् । हिन्दुस्तान टाइम्सका अनुसार ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन्। प्रियंका अहिले अमेरिका बस्दै आएकी छन् । विवाह पछि उनी अमेरिका सेटल भएपछि मुम्बईमा भएको घर बेचेकी हुन् ।

उक्त घर ७ करोड भारुमा किनबेच भएको बताइएको छ। हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन्। यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन्। प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१