ताजा समाचार

लहानमा दिउंदै यौन धन्दा, दूई भारतीय पक्राउ

  • जेठ १, २०७५
  • ३०५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान,३१ बैशाख । सिरहाको लहानमा दिउंसै व्यस्त बजारको एक लांजबाट निस्किएकी दूई यौनकर्मीसंग एक पत्रकारलाई भेट हुन्छ । पत्रकारले सोधे ‘किन यस्तो हतास भएर निस्किनुभयो ।’ ‘तिमीहरु के काम गर्छौ ।’ त्यतिकैमा तीन जना युवा आएर पत्रकार राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहां मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहांबाट टाप हाने । यो घटना लहान ३ स्थित भगवती लांज अगाडि आज दिउंसो ४ बजेतीरको हो । पत्रकार राजेन्द्र महतोको आंखाको निधार र छातीमा गम्भिर चोट लागेको छ । 
पत्रकार महतोले प्रहरीलाई जानकारी दिंदा भाग्दै गरेको दलालहरु मध्ये ईलाका प्रहरी कार्यालय लहानले दूई जनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना नायके फरार रहेको छ । पक्राउ पर्ने भारत विहारको लौकहा बस्ने बब्लु ठाकुर र मो.जफुल राईन रहेका छन् । घटना ईलाका प्रहरी कार्यालयदेखि सय मिटर पूर्वको हो । जहां लांजहरुमा दिउंसै यौनधन्दा चल्ने गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेशचन्द ठकुरीले यो घटना लगतै आफ्ना मातहातका प्रहरीहरुलाई यौनधन्दा भइरहेका क्षेत्रमा चेकजांच गर्न निर्देशन दिएका छन् । पक्राउ परेका यि दुवैमाथी सार्वजनिक अपराध सम्बन्धि मुद्दा दर्ता गरिएको छ । पत्रकारमाथी भएको घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले घोर भत्र्सना गर्दै अपराधीलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ । 
कोठा भाडा लिएर यौन धन्दा
विगतमा प्रहरीले लांज र रेष्टुरेन्टमा चेकजांच बढाएपछि यौनकर्मीहरु तत्काल विस्थापित भएका थिए । केही समय उनीहरु कोठा भाडा लिएर यौन धन्दा संचालन गर्दै आएको एक विशेष स्रोतको दावी छ । यस्ता यौनकर्मीहरु लहानभित्र दूई दर्जन बढी रहेको छ । यस्ता महिलाहरु पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय गोपाल गुप्ता बताउंछन् । 
यौन पेशामा लागेका महिलाहरु लहानको अस्पताल चौकको टोलहरु, लहान १ स्थित तरकारी बजारदेखि दक्षिण वस्तीहरुमा, ग्रामिण चौकको वस्ती र खुट्टी छेउछाउको वस्तीमा डेरा लिएर बस्ने गरेको गुप्ताको दावी छ । यि यौनकर्मीहरु होटल, लांज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएको छ । अस्पताल चौकको केही लांजमा दिउंसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुंदै आएको छ । एक स्रोतका अनुसार अस्पताल चौकमा ड्युटीमा रहेका प्रहरी र लांज, होटलवालहरुको मिलोमतोमा धन्दा हुंदै आएको छ । तर, ड्युटीमा रहेका केही प्रहरी मात्र चिसो, चिया, डबलमजाको कारण मौन बस्ने गरेका छन् । अधिकांश प्रहरी यस्ता क्रियाकलाप रोक्न सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤