ताजा समाचार

सन्तोषीको आरोप ‘छोरीलाई एमविविएसमा नाम निकालिदिने भन्दै रामसोभितले दश लाख ठगे’

  • वैशाख ३०, २०७५
  • ४११९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, २९ बैशाख । सिरहाको सुखीपुर ८ बस्ने रामेश्वर महतोबाट छोरीलाई एमविविएसमा नाम निकालिदिने भन्दै रामसोभित महतोले १० लाख ठगी गरेको छ । औरही गाउंपालिका वडा नं.२ तुलसीपुर निवासी रामसोभित महतोले भदौ २५ गते ५ लाख र भदौ २७ गते ५ लाख गरी १० लाख रकम लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको आरोप छ ।  

सन्तोषी महतोले आज पत्रकार सम्मेलन गर्दै भनिन् —‘तपाईको छोरी निलमको केयूबाट नाम निकाल्ने मेरो काम हो ।’ ‘दश लाख रुपैयां लाग्छ ।’ ‘जेनतेन व्यवस्था गरेर रामसोभितलाई दश लाख दिए ।’ ‘तर, छोरीको नाम निस्किएन ।’ ‘पैसा फिर्ता माग गर्दा आईओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भनेका थिए ।’ ‘कहिकतैबाट नाम नकालिदिएपछि उनी सम्पर्क विहीन भए ।’ रामसोभित महतो सिरहा छाडेर हाल काठमाण्डौ महानगरपालिका वडा नं. ९ गौशाला स्थित रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय संचालन गर्दै आएका छन् । यता, रामेश्वरले आफ्ना पैसा फिर्ताको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन हाले । प्रशासनले गाउंपालिका र वडा कार्यालयमै मिलाएर आउंन भने । तर,पनि रामसोभितले टेरपुच्छर गरेनन् । त्यसपछि पीडितपक्षले जिल्ला प्रहरी कार्यालय सिरहा पुगे । त्यहांबाट सुखीपुर प्रहरीलाई रामसोभितलाई झिकाउंन प्रयास भयो । रामसोभितले उल्टो सुखीपुर प्रहरी विरुद्ध अदालतमा मुद्दा हाले । मुद्दा हालेपछि प्रहरी मौन भए । यता, रामसोभितले कानुनी प्रक्रियामा नजानु भन्दै रामेश्वर र उनका पत्नि सन्तोषीलाई पटक पटक धम्की दिंदै आएका छन् । रामेश्वरले भने ‘छोरीको पढ्ने इच्छालाई रोक्न नसकेर बंगलादेश पठाउंन लाग्दा उनले पांच जना गुण्डा पठाएर काठमाण्डौमै हामीलाई कुटपिटको प्रयास गरे ।’ ‘फोनमा पटक पटक धम्की दिंदै आएको छ ।’ ‘अरु मान्छे लगाएर मोवाईल नं. ९८१३९८५६३० र ९८०३९६६४४१ बाट पटक पटक धम्की दिने गरेको छ ।’ ‘रामसोभितको मोवाइल नम्बर ९८०२०३१५१२ हो ।’ आज लहानमा पत्रकार सम्मेलनमा पीडित दम्पती आफ्नो पैसा फिर्ताको लागि माग गरेको छ । सम्मेलनपछि एक पत्रकारले रामसोभितसंग फोनमा सम्पर्क गर्दा उनले ‘यो हाम्रो मामला हो , ‘तिमीहरु यसमा नपर्नु ठिक हुंदैन ।’ ‘मेरो चार लाख उनीहरुबाट लिनुछ ।’ रामसोभित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाई हुन । रामेश्वर महतोले राष्ट्रिय वाणिज्य बैंक सुखीपुरमार्फत ५ लाख र रासविता टुर्स एण्ड ट्राभल्सका कर्मचारी संजिव राउतले राष्ट्रिय वाणिज्य बैंक काठमाण्डौमार्फत ५ लाख उनलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤