ताजा समाचार

चुनाव आगाडी गरेको प्रतिवद्धता बिर्सेको छैन : मेयर मुनि साह

  • वैशाख २९, २०७५
  • १२९१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मालहान,२९ बैशाख । लहानलाई सुन्दर नगर बनाउनको लागी लहान नगरपालिकाका मेयर मुनी साह नगरबासीहरु संगको छलफललाई तिब्रता दिएकोछ । लहानको मुख्य चौकको सडकको दुबैतिर फुटपाथमा घर टहरा , फलफूलको पसल , हुडिङग वोर्ड राखेको कारण सडक अवरुद्ध भईरहेकोले यो समस्या तत्कालै समाधान गर्नका लागि  प्रमुख  साह स्थानीयहरुसंग छलफल गरीरहेको हो ।
सडकमै पसल थपेर सडक कब्जा गरेका पसलेहरुसंग पुर्व पश्चिम लोकमार्गको दुबैतर्फ ३१ ÷३१ मिटर गरी ६२ मिटर घर टहरा हटाउन उनले आग्रह गरेका छन ।  नगरपालिकाबाट अन्तिम पटकको सुचना जारी भैसकेकाले घर टहरा  नहटाए  अटेरी गरे वल प्रयोग गरेर भएपनी सडक खाली गराउने चेतावनी दिएकाछन ।
स्थानीयहरुको प्रश्नको जवाफमा नगरप्रमुख साहले  भने चुनाव आगाडी मैले  गरेको  प्रतिवद्धता बिर्सेको छैन सडक किनारा , नहरका किनारामा रहेका गरिब, दलित, सुकम्बासी बस्तीहरुलाई व्यवस्थित बसोवासको लागि दिर्घकालिन रुपमा समस्या समाधान हुनेगरी  योजना बनिरहेको बताउनु भएकोछ । सडकमा पशु चौपाया नियन्त्रण , तरकारी तथा फलफूल बजार व्यावस्थापन , लगायताका समस्या सामाधानका लागी स्थानीयहरुको सदैब सहयोग चाहिने बताएका छन ।
स्थानियको सहयोग बिना सुन्दर लहानको सपना सकार हुन सक्दैन  भन्दै  नगर क्षेत्रको जमीनको व्यावस्थापन गर्न  , ठप्प भएका नालाहरुको निकासी गर्न  , सरसफाई जस्ता कामहरु नगरपालिको प्राथमिकतामा रहेको उनको भनाई रहेकोछ   ।  शिक्षा , स्वास्थ्य , रोजगारको क्षेत्रमा देखिएका समस्या सामाधानका लागी नगरपालिकाको चासोको बिषय रहेको उनको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤