Siraha Times
ताजा समाचार

आर.आर.एन.संस्थाद्धारा २०० घरपरिवारलाई न्यानो लुगा वितरणःराज्य मन्त्री मण्डलद्धारा उद्धघाटन

  • माघ ६, २०७७
  • ११८४ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ६ माघ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था च्च्ल् काठमाण्डौले २०० घर परिवारलाई शितहरको समयमा न्याँनो लुगा वितरण गरिएको हो ।कल्याणपुर नगरपालिको वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि जाडो छल्नका लागि न्याँनो लुगा वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले ज्याकेट, सल र कम्बल वितरण गरि उद्धघाटन गरेको हो । राज्य मन्त्री मण्डलले यस्तो आपत परेको समयमा च्च्ल् काठमाण्डौले दुई सय घरपरिवारलाई न्याँनोलुगा उपलव्ध गराईदिएकोमा संस्थालाई बधाई समेत दिएका छन । राज्य मन्त्री मण्डलले राज्यले समयमा गर्ने काम संस्थाहरुले गर्ने भएकोले आफनो सहयोग र समर्थन रहने समेत बताउनुभएको हो ।
चिसोबाट जोगिन कम्बल, सल र ज्याकेट वितरण गरिएको च्च्ल् काठमाण्डौ संस्थाका अध्यक्ष हरि तामाङ्ग ले बताउनु भयो । कल्याणपुर नगरपालिका वडा नम्बर १ का अति विपन्न, दलित तथा सामुदायिक संस्था समुहका व्यक्तिहरु गरि २०० घर परिवारलाई कम्बल, सल र ज्याकेट उपलव्ध गराएको समेत जानकारि दिनुभएको हो । तराई मधेसमा जाडो बढेले च्च्ल् संस्थाले आपतकालिन सामाग्री वितरण गरिएकोले सोहि वडा का अध्यक्ष जयराम कामतीले खुसि व्यक्त गरेको छ । न्यानोलुगा वितरण कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम कामतिले गरिएको थियो । न्यानो लुगा वितरण कार्यक्रममा च्च्ल् का कार्यक्रम संयाजक मनोजसिंह र फिल्ड सुपरभाईजर धर्मेन्दर साहको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन लेख अधिकृत खेम पोख्रेलले गरेको हो ।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१