Siraha Times
ताजा समाचार

मेयरकप क्रीकेट प्रतियोगितामा धनगढीमाई नपा वडा एघार विजय

  • माघ ३, २०७७
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३, माघ । सिरहाको धनगढीमाई नगरपालिकामा आज मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न फाईनल खेलमा सोहि नगरपालिकाको वडा नम्बर - ११ को टिम विजय भएको छ । टस जितेर पहिलो व्याटिङ रोजेको वडा नम्वर ११ ले चार विकेटको क्षतिमा २ सय ४ रनको लक्ष्य बनाएका थिए । वडा नम्बर - ११ का राकेश मण्डलले ४६ वलमा ८५ र कुश मण्डलले ३१ बलमा ६९ रन जोड्न सफल भएको थियो । यी दुवै खेलाडी फाईनल खेलको सबैभन्दा बढी रन जोड्ने खेलाडी भएकोले उत्कृष्ट खेलाडी घोषणा भएको आयोजकले बताए ।       received_411851330149667                                                             १६ ओभरको खेलमा वडा नम्बर - ८ ले सम्पुर्ण विकेटको क्षतिमा खेलको अन्तिम सम्म १ सय १५ रन मात्र बनाई मात्र सिमित भएको थियो । विजयी प्रथम टिमलाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले २५ हजार नगद , ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो हुने टिमलाई २० हजार नगद , प्रमाणपत्र र ट्रफि प्रदान गरिएको आयोजकले जनाएको छ । धनगढीमाई नगरपालिका स्थित निर्मल लामा कभर्ड हलको प्रांगणमा सम्पन्न प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले खेललाई खेलाडीले निरन्तरता दिएमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आफ्नो र देशको पहिचान दिलाउने बताए । खेल अनुशासन, मित्रता र एकताको भावना समेट्ने माध्यम भएकोले खेल समाज सुधारको एउटा माध्यम बन्न सक्ने भन्दै त्यसको लागि खेलाडीहरुले पनि आफूले कसको लागि र के का लागि खेल्ने हो भन्ने सदैव हेक्का राख्नुपर्ने धारणा राखेका थिए । खेलको समापन समाहरोहमा पुरानो अनुभवी नगरक्षेत्र भित्रका पुर्व ५ जना खेलाडिलाई सम्मान समेत गरिएको थियो भने प्रतियोगितामा १२ वटा वडाको सहभागिता रहेको थियो ।                                                                 received_127477399210331

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१