ताजा समाचार

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास पक्राउ

  • वैशाख २४, २०७५
  • १२५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २४, मोरङ । अरुलाई सिकाएर आफैमाथि गोली हान्न लगाएको आरोपमा प्रहरीले आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई विराटनगरमा सार्वजनिक गरिएको हो । उनलाई पक्राउ गर्नु पूर्व पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरी सोमबार विराटनगरमा सार्वजनिक गरिएको हो । यसअघि लक्ष्मीराज अधिकारी र माधव चौधरीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा वैशाख २० गते नै म्यादथप गरेर अनुसन्धान सुरु गरिएको थियो । अधिकारी र चौधरीको बयानका आधारमा श्रीनिवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक अरुण बिसीले बताउनुभयो । चैत २५ गते बिहानको पौने २ बजे विराटनगर १४ जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद्भागवत् सप्ताह पुराणको लागि वाचन गर्न आएका सुनसरीको बराह नगरपालिका वडा न. ६ चक्रघटी बस्ने श्री निवास आचार्यमाथि गोली प्रहार भएको थियो ।

घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित प्रहरीको विशेष अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय धरान तथा जि.प्र.का. मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य व्यक्ति प्रयोग गरी गोली हानेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । पक्राउ परेका भरतपुर –४, बेल चोक बस्ने २९ वर्षीय माधव चौधरीले प्रहरीलाई दिएको बयानका आधारमा आचार्य श्रीनिवासले गोली हान्न सिकाई धर्म र देशको लागि केही गर्नुपर्छ भनी निजले नै उक्साई गोलीसहितको पेस्तोल दिई हान्न लगाएको भनी बताएको बिसीले जानकारी दिनुभयाे । त्यस्तै नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीले प्रहरीलाई दिएको बयानमा उनले घरमा राखेको गोलीसहितको पेस्तोलले श्री निवास आचार्यले भनेपछि गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यस्तो छ कारण
हिन्दु राज्य कायम गर्नको लागि विभिन्न चरणमा भएको आन्दोलनले सार्थक रूप नलिएपछि विरक्तिएका श्रीनिवासले यस्तो प्रपञ्च रचेको खुलेको छ । जनता र धर्म गुरूहरूलाई उक्साउनको लागि गुरू आचार्य श्रीनिवासले आफ्ना विश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोलीसहित हतियारको व्यवस्थापन गर्न लगाई गोलीसमेत हान्ने मानिस माधव चौधरीलाई खोजी प्रशिक्षण गराई घटना घटाएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤