स्पष्टीकरण दिदै Zee News ले भन्यो -“सगरमाथा नेपालकै हो र कसैले छिन्न सक्दैन”

  • माघ १, २०७७
  • ६३६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं: भारतीय टेलिभिजन नेटवर्क जी मिडियाको हिन्दी न्युज च्यानल जी न्युजले एउटा स्पष्टीकरण प्रसारण गर्दै आफ्नो रिपोर्ट सच्याउन बाध्य भएको छ ।सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि जी न्यूजका सम्पादक सुधीर चौधरीले अन्ततः सच्याउन बाध्य भएका हुन् ।

बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए ।माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन’ उनले भने, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’ उनले यसो भनिरहँदा बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिएका थिए ।

हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं-भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’उनी अगाडि भन्छन् –माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न सक्दैन । माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । हामीलाई नेपालका आफ्ना दर्शकलाई निराश तुल्याउनु छैन । तपाइँहरुलाई निराश तुल्याउने उद्देश्य पनि छैन ।’

सुधीर भन्छन –सरकार कसैको आएपनि हामी र तपाइँ मिलेर अगाडि बढ्नुपर्छ । राजनीति त हुँदै गर्छ । नेपाल र भारतका नागरिकबीच कहिल्यै कुनै समस्या आएन । अगाडि पनि सम्बन्धमा कुनै अवरोध आउन दिँदैनौं ।भारत र बाँकी संसारका दर्शकजस्तै नेपाली दर्शक पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । हामीले केवल सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय मात्र खोजेका हौं ।

यो बाटोमा नेपाल कहिँपनि बाटोमा अवरोध छैन । हामी नेपाल र नेपालीसँग कुनै चीज छिन्न चाहन्नौं । हामीले खोजेको मात्र के हो भने भारतकै आफ्नो नामले एभरेस्ट चिनिनुपर्छ भन्ने हो जसरी नेपालले सगरमाथा भनेर चिन्छ ।’भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ । यदि नेपालीले यो कुरालाई स्वीकार गर्छन् भने यसमा उनको महानता झल्कनेछ । माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन ।

यो नेपाल र तिब्बतको सिमानामा सँधै मौजुद रहन्छ । यसबाट केवल त्यो गल्ती सुधार्न सकिन्छ जतिबेला बेलायतले आफ्नो शासनमा जाने बुझेर अंग्रेजी नाम राखेका थिए । यसलाई सुधार्न कोसिस गरिएको हो ।’आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गरेका थिए । त्यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको लामो अन्तर्वार्ता लिए । तर, सगरमाथा आधार शिविरमा उनको रिपोर्टिङ निकै विवादित बन्यो ।

नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजविरुद्ध खनिएकोमा सच्याउन बाध्य बनाएका थिए। 

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१