Siraha Times
ताजा समाचार

भ्रम फैलाउँदै भारतीय च्यानल जी न्यूज : सगरमाथा भारतको दाबी

  • पुस २९, २०७७
  • ५९७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ : नेपालबारे पटक–पटक भ्रामक सामग्री सम्प्रेषण गरेर विवादित बनेको भारतीय च्यानल जी न्यूजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाबारे भ्रम फैलाउने कोसिस गरेको छ। जी न्यूजले सगरमाथा भारतको पनि भएको दाबी गर्दै विवादास्पद अभियानको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरे लगत्तै यो च्यानलले यस्तो अभियान थालेको छ। मंगलबार प्रशारित एक कार्यक्रममा च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको बेस क्याम्पमा पुगेर यस्तो अभियानको थालनी गरेको बताएका हुन्। उनले सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभएर ‘माउन्ट सिकदर’ राख्नुपर्ने बताएका हुन्। उनले भारतीय राधानाथ सिकदरले सगरमाथाको उचाई पहिलो पटक नापेको दाबी गर्दै यसको नाम पनि उनकै नामबाट राखिनुपर्ने बताएका हुन्। 

प्रधान सम्पादक चौधरीले नाम मात्र फेर्ने नभएर सगरमाथामाथि भारतले दाबी गर्नुपर्ने बताएका छन्। ‘माउन्ट एभरेष्टको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्छ’, प्रशारित कार्यक्रममा उनले भनेका छन् ‘यसका लागि भारतले अभियान चलाउनुपर्छ, र हामीले विश्वसामु हाम्रो दाबी प्रस्तुत गर्नुपर्छ।’

प्रशारित कार्यक्रममा पटक–पटक ‘नयाँ भारत नयाँ राष्ट्रवादको सच्चा पत्रकारिता, माउन्ट एभरेष्ट’ को अद्भूत दर्शनको वर्णन’ भनिएको छ।

यसअघि पनि जी न्यूजले नेपालप्रति अवाञ्छित र भ्रामक समाचारहरू सम्प्रेषण गर्दै आएको थियो। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नयाँ नक्सा जारी गरेपछि ती भू–भाग भारतको भएको दाबी गर्दै च्यानलले नेपालको राष्ट्रियतामाथि प्रहार हुने सामग्री प्रस्तुत गरेको थियो।

जी न्यूजले यस्तो विवादास्पद सामग्री प्रस्तुत गरेपछि यसविरुद्ध नेपाली दर्शकले बहिष्कार अभियान चलाएका थिए। जी न्यूज नेपालमा मात्र नभएर भारतमा पनि आलोचित बन्दै आएको छ। भारतमा यो ‘गोदी मिडिया’ का रूपमा आलोचित छ।

यसैगरी च्यानलले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच अशिष्ट सामग्री बनाएर प्रशारण गरेको थियो।अन्नपूर्ण पाेस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१