ताजा समाचार

विराटनगर महानगरपालिका–४ कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा १० जना घाइते

  • वैशाख २३, २०७५
  • १४४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २३ । विराटनगर महानगरपालिका–४ कोशी राजमार्गमा  माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।इटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ ज २८७४ नम्बरको माइक्रो शनिबार राती दुर्घटना भएको हो । सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा  विराटनगर १३ का सरोजा थापा, तुलसा खडका, निर्मला खडका, भावना श्रेष्ठ, चन्द्रकला पोखरेल, दुर्गा पोखरेल गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अम्बिका खडका, निर्मला थापा, धन माया घिमिरे तथा माइक्रो  चालक बुढीगंगा गाउँपालिका–३  का चन्द्रप्रसाद अधिकारी सामान्य घाइते भएका छन् ।  घाइतेहरुको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤