Siraha Times
ताजा समाचार

सिसवनीमा चैविस घण्टे महायज्ञ सुरु

  • पुस २०, २०७७
  • १७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २० , पौस । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ सिसवनीमा आजबाट अष्टयाम महायज्ञ सुरु भएको छ । सिसवनी टोलमा अबस्थित ऐतिहासिक रुपले प्रसिद्ध डिहबार मन्दिरमा सोमबार बाट २४ घण्टे अष्टयाम सुरु भएको स्थानिय गाउँबासी निशान्त चौधरीले जनाएको छ । स्थानिय गाउँबासीको सहयोगमा उक्त अष्टयाम सुरु भएको हो । दिउँसो १ ः ५० मिनेटमा सुरु भएको अष्टयाम महायज्ञ भोली निर्धारित समय सम्म चल्ने स्थानिय जिबछ चौधरीले जनाए । “काली दुर्गो राधेश्याम गौरी शंकर सिताराम ” भन्ने मुल मन्त्र सहित सुरु भएकोे यज्ञका लागी कलश यात्रापनी निकालिएको थियो । डिहबार मन्दिरबाट निकालिएको कलश यात्रा सलहेश फुलवारी हुदै डिहबार मन्दिर मै सम्पन्न भएको थियो । कलश यात्रामा हजारौको संख्यामा स्थानिय महिला पुरुषको सहभागिता थियो ।

अष्टयाम सुरु हुन भन्दा आगाबै दुईजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । करिब ८० बर्ष कटेका लहान नगरपालिका वडा नम्बर – २२ टोल सिसवनी निवासी स्थानिय मौलि चौधरी र रत्तिलाल सदायलाई सम्मान गरिएको छ । ६ वटा मण्डलीले अष्टयामको भजन किर्तनमा सहभागिता जनाएका छन् । गाउँबासीद्धारा नै चन्दा संकलन गरी यज्ञ सुरु गरेको छ भने सो कार्यका लागी एक लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यज्ञ भैरहेको डिहबार मन्दिरलाई दुल्हि भै सिंगारिएको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१