सिसवनीमा चैविस घण्टे महायज्ञ सुरु

  • पुस २०, २०७७
  • १६५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २० , पौस । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ सिसवनीमा आजबाट अष्टयाम महायज्ञ सुरु भएको छ । सिसवनी टोलमा अबस्थित ऐतिहासिक रुपले प्रसिद्ध डिहबार मन्दिरमा सोमबार बाट २४ घण्टे अष्टयाम सुरु भएको स्थानिय गाउँबासी निशान्त चौधरीले जनाएको छ । स्थानिय गाउँबासीको सहयोगमा उक्त अष्टयाम सुरु भएको हो । दिउँसो १ ः ५० मिनेटमा सुरु भएको अष्टयाम महायज्ञ भोली निर्धारित समय सम्म चल्ने स्थानिय जिबछ चौधरीले जनाए । “काली दुर्गो राधेश्याम गौरी शंकर सिताराम ” भन्ने मुल मन्त्र सहित सुरु भएकोे यज्ञका लागी कलश यात्रापनी निकालिएको थियो । डिहबार मन्दिरबाट निकालिएको कलश यात्रा सलहेश फुलवारी हुदै डिहबार मन्दिर मै सम्पन्न भएको थियो । कलश यात्रामा हजारौको संख्यामा स्थानिय महिला पुरुषको सहभागिता थियो ।

अष्टयाम सुरु हुन भन्दा आगाबै दुईजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । करिब ८० बर्ष कटेका लहान नगरपालिका वडा नम्बर – २२ टोल सिसवनी निवासी स्थानिय मौलि चौधरी र रत्तिलाल सदायलाई सम्मान गरिएको छ । ६ वटा मण्डलीले अष्टयामको भजन किर्तनमा सहभागिता जनाएका छन् । गाउँबासीद्धारा नै चन्दा संकलन गरी यज्ञ सुरु गरेको छ भने सो कार्यका लागी एक लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यज्ञ भैरहेको डिहबार मन्दिरलाई दुल्हि भै सिंगारिएको छ ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१