Siraha Times
ताजा समाचार

पैदलयात्रुलाई किचेर भाग्यो मन्त्री शाह सवार गाडी

  • पुस १८, २०७७
  • ११८२ पटक पढिएको
  • रामएकवाल राम
alt

 सर्लाही । आफू सवार जीपले पैदलयात्रुलाई ठक्कर दिएपछि शहरी विकास मन्त्री प्रभु साह सवार उद्दार गर्नुको साटो भागेका छन ‌।मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री गम्भीर अवस्थामा छन ।​पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको राठौरले जानकारी दिए । मुलुकको मन्त्रीजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धार लगायतमा जुट्‍नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित बनेका छन । यो समाचार नेपालटाइम्स बाट हो 

यो समाचार मिडिया आए लगतै मंत्री साहको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा जस्ताको तेस्तै

आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाडीबाट झुकिएर लडेको व्यक्तिलाई केही पनी नभएको र ढुक्क भएर हिडेको सामान्य विषयलाई ठक्कर दिएर भागे भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही ऑनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुदहुदै पनी नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी खुलेको भन्ने भ्रमपूर्ण व्यक्तव्य दिन गैरजिम्मेवार रुपमा प्रस्तुत भएको दुखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ | सुरक्षा दिनु र सवारी सहजिकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ |  

No description available.

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१