पोखरीमा मृत शिशु भेटियो

  • वैशाख २३, २०७५
  • १००१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३। सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया गाउँ नजिकैको पोखरीमा शनिबार बिहान उमेर नपुगी जन्मिएर पालिएको सालनालसहितको नवजात शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेश सुवेदीका अनुसार करिब आठ महिना उमेरको देखिने छोरा शिशु पोखरीमा सालनालसहित भेटिएको खवर पाए लगत्तै अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक सुवेदीले घटनास्थल प्रकृति मुचुल्का उठाएर मृत नवजात शिशुको शव पोष्टमार्टमका लागि सिरहा वा लहान पठाइने जानकारी दिए । अवैध सम्बन्धबाट महिना नपुगी जन्मिएका शिशुलाई लोकलाजको कारणले सालनालसहित फालिएको हुन सक्ने आशङ्का गरिएको भएपनि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१