ताजा समाचार

पत्रकार महासंघको प्रदेश निर्वाचनमा मन्त्रीदेखी सांसदसम्मले मतदान गरे

  • वैशाख २३, २०७५
  • ६७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३ । नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् ।  नेपाल पत्रकार महासंघ सप्तरी शाखामा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले समेतले मतदान गरेका छन् । यस्तै सप्तरी शाखाबाट संघीय समाजवादी फोरम नेपालका प्रदेश नं. २ का मुख्य सचिव शम्भु झा समेतले मतदान गरे । उनी दुबै जना मध्ये मन्त्री साह साधारण सदस्य तथा झा सप्तरी शाखाका पूर्व सभापति हुन् ।
त्यस्तै प्रदेशसभाका सांसद रामआशीष यादव र सरस्वती चौधरीले धनुषा महासंघमा मतदान गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जलेश्वर शाखामा मतदान गरे । प्रदेशसभा सांसद यादव र मेयर मण्डल क्रमशः पत्रकार महासंघ धनुषा र महोत्तरीका पूर्व अध्यक्ष समेत हुन् । मन्त्री साह र सांसद यादव संघीय समाजवादी फोरमका नेता हुन् । चौधरी नेपाली कांग्रेसबाट सामनुपातिक प्रदेशसभा सांसद हुन् । मेयर मण्डल राष्ट्रिय जनता पार्टी (राजपा) बाट जितेका हुन् ।
यता नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री र प्रदेशसभाका सदस्यले नै मतदानमा समेत सहभागी भएका छन् ।  यसअघि नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लड्दा महासंघको सदस्यता त्याग गरेका थिए । उनी नयाँ शक्ति पार्टीबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤