दहेजको कहरको कारण सिरहामा मोहम्मद सम्जिलाको विवाह स्थगित

  • चैत १२, २०७४
  • १००९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ । लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे । सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे । हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने स्वम्बरलाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ । निकाह भन्दा अगाडी बेहुलीका लागि बेहुलाले ‘महर्दन’ दिने चलन छ । बेहुलाका लागि सुनका गहना, लत्ताकपडालगायतका सामान दिनुलाई महर्दन भनिन्छ । तर, महर्दनका लागि सम्झौताअनुसारको सुन वेहुला पक्षले नल्याएको कारण विवाह नै रोकियो । खुशीयाली छाइरहेको बेला माहोल बदलियो । जन्तीहरुबीच भागाभाग मच्चियो । केहीले खाना खाए, केहीले नखाई घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस भइन । उनलाई तत्काल लहान लगेर अस्पताल भर्ना गरियो । एकलाख ६० हजार रुपैंयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ । पछि डेढ तोला सुन दिने सम्झौता भएको थियो । तर विहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१