ताजा समाचार

किन हारे मधेशी पत्रकार

  • वैशाख २३, २०७५
  • ९५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २३ । कुनै राजनितिक दलको समर्थनमा रहेको पत्रकारको संघ संगठन विशुद्ध पत्रकारिताको लागि सहि नभएको मेरो व्यक्तिगत वुझाई छ जुन गलत समेत हुन सक्छ । म आफै विगतमा केहि संगठनसंग आवद्ध भईसकेको र त्यसको तितो अनुभव लिदै वर्तमानमा कुनै राजनितिक दलको भातृसंगठनको रुपमा रहेको पत्रकारहरुको संगठनसंग आवद्ध नरहेको मेरा अनन्य मित्रहरुलाई थाहा छ । कुनै संगठनसंगको आवद्धता भने आफ्नो स्वतन्त्रताको कुरा हो र कुनै पत्रकार कुनै दलको नजिक रहेको छ भने उसले लेख्ने समाचारमा कुनै प्रभाव पर्छ नै भन्ने पनि छैन(केहि वाहेक) । संचारकर्मी आफ्नो जिम्मेवारी प्रति सचेत छन भने जुनसुकै परिस्थिति वा अवस्थामा पनि उसले आफ्नो जिम्मेवारी भुल्न सक्दैन र सम्भवत भुल्दैन पनि । 
अव कुरा नेपाल पत्रकार महासंघको प्रदेश २ मा भएको प्रदेश स्तरिय निर्वाचनको गरौ ःप्रेस चौतारी,प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनको विरुद्ध प्रेस मन्च,मधेशी पत्रकार समाज लगायतका केहि मधेशीवादी पत्रकारहरुको संगठन चुनावी मैदानमा थियो । तर फोरम भने मधेशवादी संगठनमा समेटिन सकेको थिएन । 
शनिवार निर्वाचन सम्पन्न भयो र मधेशीवादी दलहरुले असह्य पराजय व्यहोरे । प्रदेश २ मा मधेशवादी दलको सरकार भएको तर सोहि दलका समर्थकहरु भनिएका पत्रकारहरुको संगठनहरु परास्त हुनुले एक अर्को प्रतिको अविश्वास र मनै देखिको समर्थन भन्दा पनि सवै आफ्नै स्वार्थमा लिप्त रहेको प्रस्ट्यायो । मधेशवादी पत्रकार संगठनहरुको केहि चुक एक आपसमा समन्वय गर्न नसक्नु,आफ्नै आफ्नै टिममा र संयुक्त टिममा कसरी जाने र के गर्ने भन्ने छलफल नगर्नु,टिममा एक अर्का प्रतिको विश्वास नहुनु,जिल्लागत वा अन्य शिर्षकको जिम्मेवारी वाडफाड गर्न नसक्नु, टिमनै सकारात्मक रुपले प्रचार प्रसार मा नलाग्नु,टिमका केहि व्यक्तिहरु विभिन्न प्रलोभनमा परि आफ्नै उम्मेदवार विरुद्ध मतदान गर्नु वा खुल्ला रुपले सहयोग नगर्नु,उम्मेदवारहरु समेत मतदाताहरु समक्ष पुगेर आफ्नो योजना र आफुलाई नै मत किन भनेर आफ्नो प्रतिवद्धता राख्न नसक्नु । आदी आदी यि र यस्ता अनेकौ कारण मधेशवादी पत्रकारहरुको हारको कारण रहेकोले तत्काल संगठनहरुले आ आफ्नो मनको विकार परित्याग गरि संगठन प्रति वफादारी साथ लागेर आगामी चुनाव तथा वर्तमानमा समेत पत्रकारहरुको हक हितको लागि काम थालिसक्नु पर्ने हुन्छ । साथै उनीहरुकै संगठनमा रहेका गुप्तचर तथा संगठन भाड्न सक्नेलाई तत्काल वाहिर निकाली अनुभवि र संगठनमा ईमान्दारी साथ समय दिन सक्ने पत्रकारहरुलाई मौका दिनु पर्ने हुन्छ । आगामी चुनावको लागि शुभकामना तथा वर्तमानमा समेत निर्वाचनमा भाग लिई संघर्ष गरेका सवै संचारकर्मी मित्रहरुलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤