देशका विभिन्न स्थानमा बम फेला

  • वैशाख २२, २०७५
  • १६६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २२ । देशका विभिन्न स्थानमा शनिबार बिहान बम फेला परेको छ । केही स्थानमा विस्फोटसमेत भएका छन् ।प्रदेश ५ को मुख्यमन्त्री कार्यालय अगाडि शनिबार बिहान नक्कली बम भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम भएको पुष्टि गरेको हो । बमको भेटिएको हल्ला फैलिएपछि बुटवलमा शनिबार बिहान त्रास फैलिएको छ ।धनगढीको पुरबार पेट्रोल पम्पनजिकैको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । यद्यपि, यो बम हो या होइन भन्ने खुलिसकेको छैन । शंकास्पद वस्तु भेटिएसँगै प्रहरीले त्यसको निगरानी गरिरहेको छ भने डिस्पोजका लागि नेपाली सेना बोलाइएको छ । वाराको जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित नेपाल आयल निगमको कार्यालयनजिक पनि बम भेटिएको छ । प्रहरीका अनुसार, त्यहाँ भेटिएको बम डिस्पोज गर्न अहिले प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१