ताजा समाचार

देशका विभिन्न स्थानमा बम फेला

  • वैशाख २२, २०७५
  • १७३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २२ । देशका विभिन्न स्थानमा शनिबार बिहान बम फेला परेको छ । केही स्थानमा विस्फोटसमेत भएका छन् ।प्रदेश ५ को मुख्यमन्त्री कार्यालय अगाडि शनिबार बिहान नक्कली बम भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम भएको पुष्टि गरेको हो । बमको भेटिएको हल्ला फैलिएपछि बुटवलमा शनिबार बिहान त्रास फैलिएको छ ।धनगढीको पुरबार पेट्रोल पम्पनजिकैको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । यद्यपि, यो बम हो या होइन भन्ने खुलिसकेको छैन । शंकास्पद वस्तु भेटिएसँगै प्रहरीले त्यसको निगरानी गरिरहेको छ भने डिस्पोजका लागि नेपाली सेना बोलाइएको छ । वाराको जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित नेपाल आयल निगमको कार्यालयनजिक पनि बम भेटिएको छ । प्रहरीका अनुसार, त्यहाँ भेटिएको बम डिस्पोज गर्न अहिले प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤