ताजा समाचार

पर्सालाई लागू औषध निषेधित जिल्ला घोषणा

  • वैशाख २२, २०७५
  • ९८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वीरगञ्ज,बैशाख २२ । पर्सालाई लागू औषध निषेधित जिल्ला घोषणा गरिएको छ । लागू औषधमुक्त जिल्ला बनाउन जिल्ला प्रहरी कार्यालय पर्साले शुरु गरेको लागू औषध रोकथाम महाअभियान मार्फत लागू औषध निषेधित क्षेत्र घोषणा गरिएको हो ।लागू औषध उत्पादन ओसार पसार, बेचबिखन, दुव्र्यसन रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण पर्सा जिल्लालाई लागू औषध निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।‘पर्सा जिल्लामा ७० प्रतिशत मुद्दा लागू औषधकै हुने गरेको छ । त्यसैले यसको नियन्त्रण आवश्यक देखेर सचेतना अभियान शुरु गरेका छौं’, उनले भने ‘यसको उत्पादन, ओसार पसार र सेवन तीनै कुरालाई निरुत्साहित गर्न अभियान मार्फत कामहरु गर्छौं, त्यसका लागि सबै स्थानीय तहमा समिति गठन गर्ने तयारी गरिरहेका छौं ।’अभियानको क्रममा आज वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लाको १४ वटै स्थानीय तहमा लागू औषधविरुद्ध सचेतनामूलक र्याली निकालिएको छ । ‘दुव्र्यसन रहित स्वस्थ र सभ्य समाजको निर्माण गरौं’ भन्ने नाराका साथ सम्पूर्ण स्थानीय तहमा सचेतनामुलक र्याली निकालिएको हो ।
सचेतनामुलक र्यालीमा सहभागीहरुले लागू औषधको नशा, जीवनको दशा, लागू पदार्थलाई होइन, स्वास्थ्यलाई ध्यान दिऔं, लागू औषधरहित समाज निर्माण हाम्रो अभियान जस्ता सचेतनामुलक नारा लेखिएको प्ले कार्डहरु बोकेका थिए । st वीरगञ्जको घण्टाघरबाट निकालिएको र्याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले लागू औषध सेवनका कुलतमा लागिसकेपछि भन्दा प्रारम्भमै नसफसून भनेर ध्यान दिनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤