ताजा समाचार

साढे ३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनी पक्राउ

  • वैशाख १९, २०७५
  • ८४५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १९ । साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइने प्रहरील जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ । मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदैछ ।

लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो । टोलीमा रहेका डिएसपी केसी, सर्इ बालकृष्ण सञ्जेल लगायत यसअघि नै पक्राउ परिसकेका छन् । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को सहयोगी उर्लाबारीका सनम शाक्यको शव बरामद गरेसँगै महाशाखाको टोलीले पक्राउ गरेको व्यक्तिहरूले आफैं पनि पीडित भएको जिल्ला प्रहरी कार्यालय, मोरङमा बयान दिएका थिए । घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह-सचिव र्इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤