सखुवानन्कारकट्टी : वडा स्तरीय क्रिकेट खेल प्रारम्भ, सांसद अशोक यादवद्वारा उद्घाटन

  • कार्तिक २८, २०७७
  • १४६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान २८ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका स्थित सोठियाईनमा वडा स्तरीय क्रिकेट खेलको शुरूवात भएको छ । बजरंगी युनिफाईड युथ कमिटी सखुवानन्कारकट्टी गाउँपालिका– २ द्वारा आयोजित खेल प्रदेशसभा सदस्य अशोक कुमार यादवले उदघाटन गरेका थिए । संचालित क्रिकेट प्रतियोगितामा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्वर– १ देखि – ५ सम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद अशोक यादवले स्थानीय खेलाडीहरुको हौसला बढाएका थिए । यादवले स्थानीय युवा खेलाडीहरुलाई सरकारले छुट्टै योजना ल्याई खेल क्षेत्रलाई मजबुत गर्नुपर्ने बताए । खेलकुद देश बिकासको एक महत्त्वपूर्ण कडी हो भन्दै यादवले सरकार संग यस क्षेत्र प्रति अझ बढी उत्तरदायी हुन आग्रह गरेका छन । यादवले भने 'खेलकुद' शब्दले हिजोआज केवर मनोरंजन र ब्यायामक लागि खेल्ने र कुदने काम मात्र नबुझाई व्यापक अर्थमा एउटा ठुलो व्यवसायलाई बुझाउन थालेको छ । यो व्यक्तिको सम्मान र प्रतिष्ठासंग पनि जोडिन पुगेको छ । खेलकुदका मध्यमबाट रास्ट्रको नाम विश्वभर फिजिन्छ । वर्तमान युगमा खेलकुद दिन-प्रतिदिन लोकप्रिय बन्दै गएको छ। त्यसैले अहिले खेलकुद लागि विश्वमा ठुलो धनराशी खर्च भइरहेको छ र हरेक राष्ट्र खेलकुदको विकास गर्न मरीमेटेर लागिरहेका छन्। यसबाट खेलकुदको महत्त्व स्वत: झल्किन्छ।'

गाउँपालिका अध्यक्ष केदारनाथ यादवले कार्यक्रम सम्बोधन गर्दै भने 'पछिल्ला केही वर्षयता नेपाली खेलकुद क्रमशः व्यावसायिकतातर्फ लम्किरहेको भए पनि दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स जस्ता मुलुकले भन्दा निकै अघि खेलकुदको जग बसालेको नेपालको खेलकुद स्तर अहिले यी राष्ट्रको भन्दा निकै कमजोर देखिनु पक्कै पनि चिन्ताको विषय हो, नेपाली खेलकुदकै दुर्भाग्य हो । नेपाली खेलकुदमाथि कहिले दरबारको कालो नजर पर्यो र यसले फस्टाउनुपर्ने जति फस्टाउन सकेन । कहिले राजनीतिक गिद्देदृष्टि पर्दा पनि नेपाली खेलकुद टाक्सियो । तर, पछिल्ला दश वर्षयता मुलुकको खेलकुदले आशातीत प्रगति गरेको छ भन्दा सायद अत्युक्ति नहोला । खेलकुदमा लागेर पनि अबका दिनमा भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भइरहेको छ ।' अध्यक्ष यादवले खेलाडीहरुलाई संयमित भएर खेल्न आग्रह गरे ।

गा. पा अध्यक्ष केदार यादवले खेल क्षेत्रमा लगानी गर्न आफु कहिले पछि नपर्ने बताउदै खेलाडीहरूलाई आवश्यक सामग्री उपलब्ध गराएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा नाबालिग दलि ...

रहमुल, लहान ९ चैत ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया दलित बालिका ...

बरकी पोखरीमा महा विष ...

रहमुल, लहान ९ चैत्र । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित बरकी पोखरी (ठाकुर बाबा पोखरी)को ड ...

रुपनीमा जलवायु उत्था ...

ओम प्रकाश यादव लहान चैत ८ । “सशक्त, समृद्ध, सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१