मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी

  • वैशाख १९, २०७५
  • ८५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १९ । भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ । मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१