मोटरसाइकल दाइजो नदिएको निहुमा बुहारीको हत्या

  • वैशाख १९, २०७५
  • १२५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १९ । दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका- ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् ।

कतारमा रहेका ज्वाँइ अफरोजले छोरीलाइ फोन गरेर बुलेट मोटरसाइकल माइतीबाट माग्न पटक पटक दबाब दिँदै आएको भन्दै अन्जुमकी आमा रोशनले भनिन् ,‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएको हो अहिले फेरि बुलेट मोटरसाइकल माग्दै उनीहरुले छोरीलाई यातना दिइरहेका थिए, त्यही बुलेट मोटरसाइकल दिन नसक्दा मैले मेरो छोरी नै सदाका लागि गुमानु पर्‌यो ।

अन्जुमका बाबु मुस्तकिम देवानले एक वर्ष पहिले ज्वाँइ अफरोज घरमै छदाँ दाइजोको निहुँमा छोरीलाई पटक पटक यातना बताए । उनले घरबाट निकालेर रक्सौलमा लगरे अलपत्र पारेर छाडेको बताउँदै भने ,‘त्यस बेला गाँउमै पञ्चायती बसाएर छोरीलाई ससुरा घरमा पठाएको थिए । ज्वाइँले दाइजोमा मागेको बुलेट मोटरसाइकल नदिएकै निहुँमा आफ्नो छोरी अन्जुमको उनका सासु, ससुरा, नन्द र फुपाजु सासुले घाँटी थिचेर हत्या गरेको मुस्तकिमको आरोप छ । प्रहरीले मंगलबार बिहान नौ बजेतिर आफ्नै घरको कोठामा अन्जुमको शव शंकास्पद अवस्थामा फेला परेको थियो । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अन्जुमका परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक अन्जुमका ससुरा ५० वर्षीय कमरुद्धिन फकीर देवान, सासु ४५ वर्षीया हुसेन बानो खातुन, नन्द अंगुरी खातुन र फुपू-सासु ३५ वर्षीया जमीला खातुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१