ताजा समाचार

पतिपत्नि पोइल गएपछि छोराछोरी र आमा विच्चलीमा

  • वैशाख १७, २०७५
  • १५३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, १७ वैशाख । पति पत्नि छुट्टाछुटटै अरुसंग विवाह गरेर पोइल गएपछि (घरबाट निस्किए) उनका छोराछोरी र आमा विच्चलीमा छन् । उनीहरुका जेठी छोरी सम्झना परियार पेट पाल्न लहान ७ स्थित माग्दै जांदा राममन्दिर अगाडि बेहोश भएकी थिइन् । बेहोश बालिकालाई स्थानीय ललिता दास र सुचित्रा यादव मिलेर अस्पताल पुर्याएर उपचार गरेका थिए । बालिका छतबाट खसेर उनको टाउंको र हात मुखमा गम्भिर चोट लागेर घाईते भएकी थिइन् । ललित दास भन्छिन्—‘बालिकाको टाउंकोभरी घाउमा किरा लागेको थियो ।’ ‘उपचार गराएर लहान प्रहरीलाई जिम्मा दिए ।’ ‘तर, बालिकाकी हजुरआमा कहां पुर्यायो ’ लहान ५ स्थित उनको घर रहेको छ । त्यही हजुरआमा र दूई जना भाई बहिनी छन् । वृद्ध हजुरआमा रहेकीले उनलाई आफै खानलाउनमा समस्या छ । उनी अरुको काम गर्दै जीवन पाल्दै आएकी छीन् । स्थानीयवासीका अनुसार पति अर्के केटीसंग विहे गरेर लामो समयदेखि घर नफर्किएपछि उनकी पत्नि पनि छोराछोरी छाडेर अर्केसंग लागेका छन् । सात महिनाको छोरा हुंदा नै पत्नि घर छाडेर आज अढाई बर्षदेखि घर फर्किएका छैन । सम्झाना ८ बर्षकी छीन् । साढे पांच बर्ष एक जना छोरी र करिब तीन बर्षका एक छोरा छन् । उनीहरुका वृद्ध हजुरआमाको आफ्नै जीवन कष्टकर छन् । 02

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤