गोलबजारमा पक्कि नाला शिल्यान्यास

  • वैशाख १६, २०७५
  • ७५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १६ बैशाख । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शुक्रवार ६ नम्वर वडाको एक हजार मिटर लामो पक्कि नालाको शिल्यान्यास गरेको छ । बजारको दुवैतर्फ नाला निर्माण भएपछि सडकमै पानी जम्ने समस्या सामाधान हुने नगरप्रमुख देवनाथ साहले बताए । साहले बजारको विस्तारसँगै विकास निर्माणको काम पनि अगाडी बढ्ने बताउँदै प्राथमिकताका आधारमा विकास निर्माणका कामहरुलाई पनि अगाडी बढाउँदै जाने बताए ।

नगरपालिकाको मुख्य बजार क्षेत्रको उत्तरतर्फ बाँकी रहेको दुवै तर्फको ५÷५ सय मिटर लामो पक्कि नाला निर्माण महिना दिनभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिएको पुर्वी नाला उपभोक्ता समितिका अध्यक्ष विजय साहले जनाए । गोलबजार नगरपालिकाको ६५ लाखको लागतमा निर्माण कार्य सुरु भएको समितिले जनाएको छ । सडकको दुवै पेटिमा पक्कि नाला निर्माणको लागि दुईवटा छुट्टाछुट्टै समिति निर्माण गरिएको छ । पश्चिम किनारको अध्यक्ष प्रतिप भण्डारी र पूर्वी किनारका अध्यक्ष विजय साह रहेका छन् । दुवैजना अध्याक्षहरुले समयमै काम सम्पन्न गर्ने जनाए । शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष बसन्त लामा र कार्यपालीका सदस्य उमेश बराल लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१