गोलबजारमा छोरी क्लव गठन

  • वैशाख १६, २०७५
  • ८१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १६ वैशाख । गोलबजार नगरपालिकाका उपप्रमुख रेशम कुमारी थापाले छोरा–छोरी दुवैलाई समान शिक्षा र अवसर दिनुपर्ने वताएको छ । सिरहाको गोलबजार नगरपालिकाको लक्षित वर्ग अन्तर्गत ‘सामाजिक रुपान्तरणको लागि छोरी क्लव गठन तथा किशोरी शिक्षा’ कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख थापाले अझै पनि छोरीहरु विभिन्न नाममा विभेदमा परेको बताए । एउटै बावुआमाको सन्तान छोरा र छोरीमा विभेद रहेसम्म समाजको विकास सम्भव नभएको उपप्रमुख थापाले बताए । उनले समाज विकसको लागि छोरा र छोरी दुवैको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व रहेको जनाए । उनले भने, ‘समाजको समान विकासको लागि छोरा र छोरी दुवैले उक्तिकै महत्व रहँदै आएको छ, त्यसैले समान अवसर पाउनु पर्छ, उनिहरुलाई लिङ्गको नाममा विभेद गरिनु हुँदैन ।’
उनले सन्तान विना समाजको कल्पना पनि गर्न सकिन्न त्यसैले उनीहरुको पनि महत्ब रहेको बताए । ‘किशोरीहरुपनि देश निर्माणका कर्णधार हुन उनीहरुले पनि समान शिक्षा र अवसर पाउनु पर्छ,’ उप्रमुख थापाले भनिन्, ‘किशोरी शिक्षा, उनीहरुले पाउने अवसर तथा उनीहरुको समग्र विकासमा नगरपालिकाले पनि सकेको सहयोग हुनेछ ।’ कार्यक्रममा नगरपालीकाका प्रशासकिय अधिकृत गिरिराज ज्ञवालीले समाज हाम्रो हो, यसलाई कस्तो वनाउने भन्ने जिम्मा पनि हाम्रै भएको बताए । कुनै एउटै क्षेत्र, वस्तु, लिङ्गको मात्र विकास वा वृद्धिले समाज विकास नहुने भन्दै त्यसको समग्र विकासको जरुरी हुने अधिकृत ज्ञवालीले बताए ।

समाज रुपान्तरणको लागि छोरी शिक्षित हुनु नितान्त जरुरी रहेको भन्दै उनीहरुलाई यस्ता खालका तालिम गोष्ठिहरुले पनि ठूलो सहयोग पुग्ने जनाए । गोलबजार नगरपालिका वडा नं. ४ का अध्यक्ष राजदेव यादवले विद्यालय, सडक, पुल, ढल बनाएर मात्र समग्र समाजको विकास नहुने बताए । समाज रुपमन्तरणको लागि हरेक तह तप्काकाको समान विकासको आवश्यकता रहेको उनले बताए । उनले हाम्रो समाजमा छोरीलाई अझैपनि चुलो चौका र घरभित्रै सिमित गराउने परिपाटी अन्त्य हुन नसकेकोे बताउँदै छोरीलाई शिक्षित र सक्षम बनाउनु जरुरी रहेको बताए । नगरपालिकाका बडा नम्बर ४ का किशोरीहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमको अध्यक्षता रिता दहालेले गरेका थिए भने कार्यक्रम संचालन अधिवक्ता ओमकुमारी साहले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१