Siraha Times
ताजा समाचार

आउने चुनावमा समाजसेवी भुवनलाई टिकट दिनुपर्ने संसदको आग्रह

  • असोज २८, २०७७
  • ७९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८ , असोज । कुनै न कुनै प्रकारले निरन्तर सामाजसेवा गर्दैआई रहनुभएका नगर सुधार समिति सुखिपुरका अध्यक्ष बिपि भुवन यादव लाई पार्टीले आउने चुनावमा टिकट दिन कुनै कन्जुस्याइँ गर्न नहुने प्रदेश सभा सदस्य नरेश कुमार यादवले बताएका छन् । बिना स्वार्थ सूखीपुर नगरको पहरेदारी र जनप्रतिनिधिलाई खबरदारी गरिरहने बिपी भुवन यादव अबको मेयर हुनुपर्ने नेपाली कांग्रेसबाट सभासदस्य रहेका यादवले बताएका हुन् ।सांसद यादवले नेपाली कांग्रेस पार्टी बिपी भुवनको सदैव साथमा रहने बताए । सुखीपुरमा आयोजित एक कार्यक्रम बिच यादवले उक्त घोषणा गरेका हुन । अगामी स्थानीय निकायको चुनावमा सुखीपुर नगरपालिकाको प्रमुख पद विपि भुवन यादवलाई जिताउन प्रदेश सभासदस्य नरेश कुमार यादवले जनता समक्ष आग्रह समेत गरेका छन ।

सुखीपुर नगरपालिकाका नगर सुधार समिति सुखीपुरको आयोजनामा संचालित म्याराथन प्रतियोगिताको सम्पन्न सभाका प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य यादवले नगरवासीकै समक्ष उक्त उद्घोष गरेका थिए । त्यसैगरी, नेकपा बाट निर्वाचित प्रदेश २ का अर्का सांसद मदन सेन प्रसाद श्रीवास्तवले नगरपालिकाको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन । उनले पार्टी सदस्यहरु मिलोमतोमा भ्रष्टाचार गरिरहेको दावी गरे । उता, जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य सुनिता देवी मोचीले बिपी भुवन यादव अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा लडने सिपाही भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए कतारमा एकता ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारमा लामो समयदेखि जारी विवा ...

भगवानपुरमा सडक बाट उ ...

रहमुल, लहान,२३ जेठ । समाजमा महामारीझैँ फैलिरहेको बाल विवाह तथा दाइजो प्रथाको अन्त्य गर्ने उद्देश्यले ...

विश्व वातावरण दिवस २ ...

ओम प्रकाश यादव लहान जेष्ठ २३ । “Inspired by Nature. For Climate. For Our Future.” भन्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१