Siraha Times
ताजा समाचार

कल्याणपुर न.पा.मा स्वास्थ्य वार्षिक समिक्षा गोष्ठि सम्मपन्न

  • असोज २३, २०७७
  • १४७४ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷संजय महरा, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा स्थानिय तह स्तरको वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रम सम्मपन्न भएको छ । कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा कल्याणपुर सिरहा द्धारा आयोजित कार्यक्रम असोज २१ र २२ गते संचालन गरिएको छ । उक्त कार्यक्रममा स्थानिय तहका बाह्रवटै वडाका वडा अध्यक्ष र स्थानिय स्तरका स्वास्थ्य चौकी का प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर श्रीमती रोहिणी कुमारी यादवको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथिको रुपमा गोष्ठिमा बोल्दै जनसमुदायलाई सरल सुलभ तरिकाले सेवामा लाग्न जनस्वास्थ्य कर्मीहरुलाई निर्देशन समेत दिनु भएको छ ।मेयर यादवले जनस्तरबाट गुनासो आईरहेकोले अव दिनोरात जनताको सेवामा लाग्नुपर्ने धारणा समेत राखेका छन ।
स्वास्थ्य वार्षिक समिक्षा गोष्ठिमा कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जयप्रकास दासको समेत उपस्थित रहेको थियो । वार्षिक गोष्ठिकार्यक्रममा कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख देवका अनुसार स्थानिय स्तरमा स्वास्थ्यका नीती तथा रणनिति विकास गर्न र योजना तर्जुमाका लागि प्राथमिकता क्षेत्र पहिचान गरि कार्य योजना तयार गर्न वार्षिक समिक्षा गोष्ठिले सहयोग पुग्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१