ताजा समाचार

उमेश यादबलाई बचाउन कतारबाट अब्दुल बासिदले एक लाख सहयोग गरे

  • वैशाख १६, २०७५
  • १३३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १६ । उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् । एनआरएन आइसीसी सामाजिक उद्यमशीलता विकास समिति मध्यपुर्वका संयोजक समेत रहेका बाशिदले उक्त रकम उमेश यादबको बचाउ अभियानमा सहयोग गर्ने बताएका छन् । ब्लड मनीका लागि आर्थिक सहयोग गर्न र उमेश यादब बचाउ अभियानलाई सफल बनाउन प्रवासमा रहेका समपूर्ण नेपालीहरुलाई बाशिदले अपील गरेका छन् ।

हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्ड दिएपछि उनलाई बचाउने प्रयासका लागि सामाजिक अभियन्ता सरोज राय पाकिस्तान गएका छन् । त्यहाँ उनको पहलमा मोहम्मद लतिफ वसिर अहमद असलमका परीवारले उमेश यादबलाई आममाफी दिसकेका छन् । तर, आममाफी बापत असलमका परीवारले ब्लड मनी ३० लाख पाकिस्तानी रुपयाँ माग गरेका छन् ।

बाशिद अहिले कतारमा छन् र उनी आफ्नो ‘प्रोजेक्ट कतार एक्जिविशन’मा आफ्नो ब्राण्डको प्रदर्शनी गर्ने भएका छन् । कतारमा रहेर आफ्नो जन्म गाउँ बेलाको नाममा ब्रान्ड बनाएर व्यवसाय गर्दै आएका बाशिद दाजुभाईले आउँदो मे महिनाको ७ देखि १० तारीखसम्म दोहामा हुने प्रदर्शनीमा आफ्नो ब्राण्ड राख्ने भएका छन् । उनको ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान ,वाल फ्यान,वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरजस्ता रहेका छन् । यतिबेला उनको ब्राण्ड कतारको बजारमा अन्य देशको व्राण्डको प्रमुख प्रतिस्पर्धी बन्न सफल भएको छ । ‘मध्यपूर्व एसियाको बजारको उच्च माग र विक्री बजारको अध्ययन गरेर बेलाको ब्राण्डको सम्पुर्ण सामाग्रीहरु ठूलो परिमाणमा उत्पादन गरी विश्व बजारतर्फ पु¥याउन प्रदर्शनीमा राख्न खोजिएको हो’संचालक अब्दुल वासिदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤