ताजा समाचार

कोशी नदीमा पानी जहाज सरररर

  • चैत १२, २०७४
  • १९४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ ।  सप्तकोशी नदीमा करिव तीन करोड लागतमा मिनी पानी जहाज (जेट बोट) ल्याएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.ले सुनसरीको बराह नगरपालिका – १ चतराको सप्तकोशी नदीमा सञ्चालन गर्न मिनी पानी जहाज ल्याएका हुन् ।यूवा पर्यटन व्यवसायीहरु आवद्ध रहेका प्रालिले मिनी पानी जहाज ट सप्तकोशी नदीमा परीक्षण समेत गरेको छ । ‘परीक्षणपछि तत्काल सञ्चालन गर्ने तयारी थियो,’ बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.का अध्यक्ष सन्तोष भण्डारीले भन्नुभयो, ‘केही प्राविधिक समस्या देखिएकोले एक सातापछि सञ्चालन गर्नेछौं । प्राविधिक टोलीले परीक्षण गरेपछि पूर्ण रूपमा एक सातापछि सञ्चालनमा आउनेछ ।’

साढे तीन टनको क्षमता रहेको मिनी पानी जहाजमा एक पटकमा २५ जना यात्रुले यात्रा गर्न मिल्ने र ५ जना चालक दलका सदस्य रहने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । चतराको सप्तकोशी नदीबाट धनकुटाको सिम्मलेसम्म मिनी पानी जहाज जानेछ । प्रतिव्यक्ति ४ सय रुपैयाँमा उक्त स्थानमा १५ मिनेटमा पुग्ने भण्डारीको भनाइ छ । ‘पर्यटन क्षेत्रको विकास गर्नुको साथै जलयात्रा सेवा प्रदान गर्न मिनी पानी जहाज ल्याएका हौं,’ सञ्चालक पशुराम राईले भन्नुभयो, ‘लामो समयको अध्ययन र अनुसन्धानपछि यस क्षेत्रमा मिनी पानी जहाज सञ्चालन गर्ने तयारी गरेका छौं ।मिनी पानी जहाज सञ्चालनमा आएपछि भोजपुरको हतुवागडी गाउँपालिका, आमचौक, धनकुटा छिन्ताङ, खोकु र उदयपुरको चौदन्डी नगरपालिका तथा विभिन्न नगरपालिका र गाउँपालिका स्थानीयलाई जलयातायातको माध्यमबाट आवत–जावतमा सहज हुने प्रालिका अध्यक्ष भण्डारीले बताउनु भयो । उहाँका अनुसार जलयातायत सञ्चालनको लागि बरहा नगरपालिकाको स्वीकृतसमेत दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤