Siraha Times
ताजा समाचार

सिरहाको लहानमा इन्स्पेकटर कुशवाहाको भबिय बिदाई

लहानमा इन्स्पेकटर सुमित लाई भबिय रुपले बिदाई

  • असोज १०, २०७७
  • १६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० भदौ - नेपाल प्रहरीको इन्स्पेकटर सुमित कुशवाहालाई खोटाङ सरुवा भएको छ । नेशन पुलिस एकेडेमी महाराज गंन्ज काठमाडौंबाट २०७४ जेठ ७ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकको दर्जा प्राप्त गरी २०७५ फाल्गुन १ गते सुमित कुशवाहालाई सिरहाको लहान स्थित ईलाका प्रहरी कार्यालय लहान पठाएको थियो।अ प्रहरी सुमितलाई प्रहरीको काम कर्तव्यको बारेमा खासै तेस्तो अनुभव नभएको उनले बताए म आउँदा दर्जाको मात्रै ठुलो थिए, तर मैले गर्नु पर्ने कामको अनुभव नरहेको उनले बताए। हामी एउटा शिकारु इन्स्पेकटर भएर काम गर्दै थिए।आफु भन्दा सिनियर प्रहरी निरीक्षक बिजय कुमार यादवले अपराध नियन्त्रण सखा लहानको जिम्मेवारी राम्रो निर्वाह गर्दै आएका कुशवाहाले बताए। यादव लहानबाट राम्रो कामको प्रसंन्सिनिय कामको उदाहरण बनेर प्रदेशको प्रहरी कार्यालय लहानबाट सरुवा भई जनकपुर पुगेका हुन।

सिनियर ईन्सपेकटर यादवले कार्य सिकाईमा राम्रो सहयोग गरेको भन्दै वहाँको प्रसंसा र धन्यवाद दिदै पत्रकार महेश सिंह संग कुरा गरेका थिए। यादवले समहाल्दै गरेको अपराध नियन्त्रण सखा लहानमा कर्मचारीको आवश्यकता भए बिस्तारै यादवले समहाल्दै आएको जिम्मेवारी मैले नै ईलाका प्रहरी कार्यालय लहानका इन्चार्जले बिस्तारै मलाई नै सोपिदै गएको कुशवाहाले बताए। ईन्स्पेकटर कुशवाहाले छोटाे समयमा लहानको अपराध नियन्त्रण शखा राम्रो समाहल्दै आएका थिए। कुशवाहाको जन्म पर्सा जिल्लाको बहुदर माई गाउँपालिका वडा नम्बर ५ पटनी गाउँमा बुवा छोटेलाल कोईरी र आमा सिमा देबि कोईरीको कोखबाट २०४८ साल साउन महिनाको २७ गते सुमितको जन्म भएको थियो। कुशवाहा सानै उमेर देखि शान्त स्वभाव र जेहेन्दार विद्यार्थीमा एक थिए ।

इन्स्पेकटर कुशवाहा ईलाका प्रहरी कार्यालय लहानमा १७ महिनाको बसाई पछाडि अचानक खोटाङबजारको ईलाका प्रहरी कार्यालय खोटाङबजार ईन्चार्जको रुमा सरुवा भएको छ् । यता लहानमा कुशवाहाको पदमा ईन्सपेकटर सुर्यनारायण माझीको सरुवा भई लहान आएका हुन् । ईन्स्पेकटर कुशवाहा छोटो समयमा निकै नै लोक प्रियता र सर्बसाधारणको मनजितन सफल भएको हो । स्थानीय बासिको अनुसार सुमित जस्तै सभिय ईन्चार्ज र ईन्स्पेकटरको लहानमा खाचो रहेको बताए । ईन्स्पेकटर कुशवाहालाई लहान बसाईको अन्तिम दिन ईलाका प्रहरी कार्यालय लहान र नेपाल पोस्ट दैनिक अन्लाईन पत्रीका लगायत विभिन्न संघ संस्थाले भबिय रुपले बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Water Aid UK टोलीद्व ...

रहमुल, लहान १२ जेठ । लहान नगरपालिकामा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमहरूको स्थ ...

१८ वर्षदेखि अलपत्र म ...

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खा ...

बरियारपट्टी छोटी भन् ...

ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१