Siraha Times
ताजा समाचार

ठाकुरवाडिको नाउँमा दर्ता भएको जग्गा मुस्लिम धर्मसल्ला निर्माण रोकेन भने चर्नबध आन्दोलन गर्ने लहान नगर पालिकालाई चेतावनी

बिश्व हिन्दु मर्मालम्बिहरु बिरोध कार्यक्रम गर्ने लहानका मेयर साह लाई चेतावनी

  • असोज ८, २०७७
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहानमा बिरोध कार्यक्रमको त्यारी अन्तिम चर्नमा

महेश सिंह सिरहा लहान ८ असोज - सिरहाको लहान नगर पालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडिको नाउँमा दर्ता रहेको कि. नं. १५२३ ,१५२५,१५२६ नम्बरको चार काठा ०५ धुर ०-०५ जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या बिधालयको निर्माण गर्न लाग्दा कुनै धर्म विशेषको लागी अनुकुल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपी उक्त जग्गामा निर्माण गर्न लागदा हिन्दु धर्मावलम्बी संघ ले घोर आपति जनाएको छ। उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडिको नाउँमा करिब पचासौं बर्ष अगाडि देखि दर्ता भएको जग्गा हो ।

उक्त जग्गा हिन्दु धर्मकै मठ मन्दिर निर्माण हुनुपर्ने भदै ईलाका प्रसासन कार्यालय लहानका प्रमुख डा. कृष्णबहादुर घिमिरे लाई डेलिकेशन दिएका छन । उक्त जग्गामा उच्च अदालत राजबिराजबाट निषेधाज्ञा मुद्दाको प्रक्रिया अगाडि बडाईने साथै बिरोध कार्यक्रम अन्तरगत हनुमान आराधना साहित्य समेलन , घर घरमा अपिल बाडने, जागरण गर्ने , सेतो कपडामा हस्ताक्षर अभियान सुरु गर्ने ,रजिस्टरमा हस्ताक्षर चलाउने , दैनिक रूपमा सांकेतिक रूपमा बिरोध कार्यक्रम गर्ने लगायतका बिरोध कार्यक्रम गर्ने बताए, उक्त कार्यक्रमहरु शुक्रबार ९ गते बाट निरन्तर रूपमा अगाडि बडाईने आयोजक शिबदेब शाहले जानकारी दिनु भयो ।

हिन्दु धर्मावलम्बीहरुले उक्त जग्गामा अबैध रुपले भईरहेको निर्माण रोका गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ ,संस्था आन्दोलन संघर्स समिति गठन गरेको छ्। संघर्श समितिको सलाहकारहरुमा लक्षमण दास महन्थ , राम कुमार शास्त्री,हितराम दास, समितिहरुमा शुशिल चन्द्र अधिकारी ,राजेन्द्रप्रसाद यादव ,योगेन्द्र प्रसाद यादव ,संजिप कुमार ठाकुर ,शिबदेब शाह , मनोज पासमान,शिबु यादव ,राम स्वरुप महतो ,रागनि सिंह, हरेराम मिश्र, राज कुमार यादव लगायतका दर्जनौं ब्यक्तीहरु छन् । उक्त जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ,संस्थाको सहमतिमा अगामि दिनमा जग्गाको प्रयोग गर्न गराउन लहान नगरपालिका लाई प्रेस बिज्ञप्ती मार्फद अनुरोध गरेका छन। नगर भित्र मठ मन्दिरमा भजन किर्तन समेत बन्द भएको अबस्थामा एउटा एउटा विशेष धर्मको नाउँमा दिन भरी नै ध्वनि प्रदुषण गर्न लहान नगरपालिकाले छुट दिएका हुन् ।२०६८ सालमा गौमता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो। घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निशेधित क्षेत्र घोषणा संगै उक्त क्षेत्रमा हिन्दु , मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियोे।लकडाउनको मौका छोपी लहानका मेयर मुनि साहले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन।मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधि रहेको सम्पुर्ण हिन्दु धर्मावलम्बी संघ संस्था आन्दोलन संघर्श समिति लाहानले आरोप लगाएका आन्दोलन संघर्श समितिका संयोजक सुशील चन्द्र अधिकारी जानकारी दिनु भयो। उक्त जग्गा फिर्ता न भए हामी सम्पुर्ण हिन्दु संगठन चर्नबध आन्दोलनमा उत्रिने प्रेस बिज्ञप्तीमा उल्लेख छन् ।

 

प्रतिक्रिया दिनुहोस

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

जेन्जी आन्दोलनका क्र ...

ओम प्रकाश यादव, लहान असोज २ । जेन्जी आन्दोलनका क्रममा लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँक ...

घर–घरको शान, स्वच्छत ...

ओम प्रकाश यादव, लहान असोज २ । सिरहा जिल्लाको लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१