ताजा समाचार

सिरहाको सखुवानन्कारकट्टीमा श्रीमानद्धारा श्रीमतिमाथि धारिलो हतियार प्रहार

  • वैशाख १५, २०७५
  • ९७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १५ । सिरहाको सखुवानन्कारकट्टी गाउपालिका ४ मा आज दिउँसो श्रीमानले श्रीमतिमाथि धारिलो हतियार प्रहार गरेको छ । सखुवानन्कारकट्टी गाउपालिका वडा नम्वर ४ स्थित सखुवा सिमरा निवासी वर्ष ५५ का रामप्रसाद साहले आफनै कान्छि श्रीमति वर्ष २७ की आशा साहमाथि धारिलो हतियार प्रहार गरेको हो । धारिलो हतियार प्रहार गर्ने रामप्रसाद भन्ने फरार रहेको लहान प्रहरीले जनाएको छ ।  धारिलो हतियार प्रहारबाट आशाको टाउकोमा गहिरो काटिएको, मुखमा चोट लागेको अचेत अवस्थामा छिमेकीले देखेपछि प्रहरीले खवर गरेपछि महेशवारीबाट प्रहरी नायव निरीक्षक राजु ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो । घाइते आशाको अहिले लहान स्थित राममकुमार उमाप्रसाद स्मारक अस्तालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिनुभयो । धारिलो हतियार प्रहार गर्ने रामप्रसादको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । यो पनी पढनुस 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤