Siraha Times
ताजा समाचार

ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

  • भदौ २९, २०७७
  • ८०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ का क्षेत्रिय सदस्य एवम समाजसेवी र कोरोना महामारी जनचेतना अभियानी बिक्रम यादवले धनुषाको निर्वाचन क्षेत्र नं. ४ अन्र्तगतको ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन । अभियानी यादवले ४००० थान मास्क बेंगाशिवपुर १९ का उपसभापति रामचन्द्र बैठालाई प्रदान गरेका छन । दिनानुदिन कोरोना भाईरस संक्रमितहरुको संख्या बढन थालेपछि जनचेतना फैलाउन समाजसेवी यादवले स्थानीयहरुलाई सर्तकर्ता अपनाउन आह्वान गरेका छन । यादवले नोभेल कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने सतर्कता र सावधानीबारे जानकारी गराउन स्थानीय युवाहरुलाई परिचालन गरेका छन । युवाहरुले जनचेतना फैलाउनुका साथै स्थानीयहरुलाई मास्क वितरण गरिरहेको जनाईएको छ । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सह(सचिव नरेश यादव , ईब्राहिम राईन , रामसागर यादव , मुकेश यादव , दिपेन्द्र यादव , शिवशंकर यादव , जयनारायण यादव , घोरला राईन सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१