ताजा समाचार

धुर्मुस सुन्तली बने महोत्तरीका १ सय २५ बालबालिकाका अभिभावक

  • वैशाख १५, २०७५
  • ८९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख १५ । महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें । फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे। तरकारीको लागि मुसा खोज्थें । तर, उनको दिन फेरिएको छ । बिहीबार नुहाएर सफा लुगा लगाई हातमा कपी, कलम र किताब बोकेर विद्यालय गए ।राजकुमारका सहपाठी अनिल मुसहर पनि इट्टा भट्टा छाडेर स्कूल भर्ना भए । ११ वर्षीय अनिलमात्र होइन गाउँभरीकै १२५ जना विद्यालय जाने उमेरका बालबालिका बस्ती नजिकैको नेपाल राष्ट्रिय जनजाति आधारभुत प्राथमिक विद्यालयमा बिहीबार भर्ना भएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले अभिभावकत्व ग्रहण गरी मनहर्वा दलित बस्तीका बालबालिका विद्यालय भर्ना भएको हुन् । फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे(सुन्तली) मनहर्वा पुगेर शैक्षिक सामाग्री वितरण गरेर विद्यालय बाहिर रहेका मुसहर बालबालिका भर्ना गराएकी हुन् । sT बस्तीका बालबालिका बिद्यालय बाहिर रहेको समाचार प्रकाशित भएपछि धुर्मुस सुन्तली फाउण्डेसनले भर्ना गर्न पहल थालेको हो । बिद्यालयको मुख नदेखेका महोत्तरीको पश्चिमी भेग फुलकहा स्थित गौशाला नगरपालिका—७ मनहर्वा मुसहर बस्तीका बालबालिका विद्यालय जाने वातावरण तयार भएको छ ।

बालबालिका विद्यालय जान पाउने भएपछि दंग भएका छन् । वर्षौदेखि शिक्षाको उज्यालो ज्योतिबाट मनहर्वा मुसहर बस्तीका बालबालिका वञ्चित थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच वर्षअघि गरिब जनताको घरमा रात बिताउने कार्यक्रम अन्तर्गत मनहर्वा मुसहर बस्तीमा एक रात विताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤