प्रशासकिय अधिकृत यादब अख्तियारको फन्दामा परेपछि नगरपालिकाको कामकाज ठप्प

  • वैशाख १४, २०७५
  • १३३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १४ वैशाख । विकास निर्माणको काम सुरु हुने वेलामा प्रशासकिय प्रमुख र लेखापाल अख्तियारको फन्दामा परेपछि कल्याणापुर नगरपालीकाको सम्पूर्ण गतिविधि नै अवरुद्ध भएको नगर प्रमुख सूर्यनाथ मण्डलले बताएको छ । कार्यालयको आर्थिक जिम्मेवारीमा रहेका मुख्य व्यक्तिहरु नै नभएपछि जनताको काम गर्न समस्या भएको मण्डलले बताए । छिमेकी नगरपालीका तथा गाउँपालीकाहरुले धमाधम विकास निर्माणका काम गरिरेको छ, नगरप्रमुख मण्डलले भने, ‘हामी भने कर्मचारी नभएकै कारण कुनै विकास निर्माणको काम मात्र हैन कर्मचारीको तलव समेत खुवाउन सकिएको छैन ।’

गत चैत ४ गते लेखापाल जयराम चौधरी २० हजार घुस सहित पक्राउ परेपछि अवरुद्ध भएको आर्थिक गतिविधि अहिलेसम्म सुचारु हुन नसकेको नगरप्रमुख मण्डलले सुनाए । उनले भने, ‘नगर परिषद सकिएपछि सवै वडाहरुले आफ्नो योजना अनुसार उपभोक्ता समिति बनाएर काम सुरु गर्ने वेलामा लेखापाल समातियो र त्यसै मामिलामा प्रशासकिय अधिकृत पनि मुछिएपछि सवै काम ठप्प भएको छ ।’ शिक्षक, कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न नसक्दा अव आफैलाई ग्लानी हुन थालेको नगरप्रमुख मण्डलले गुनासो गरे । ‘यस्तै अवस्था रहिरहे अव हामी जनप्रतिनिधी कार्यालय आउन पनि समस्या हुन्छ’ प्रमुख मण्डलले भने ।

उनले कर्मचारी अभावका कारण कामकाज गर्न समस्या भएको प्रदेश प्रमुख मो. लालबाबु राउत समक्ष पनि मौखिक जानकारी गराएको सुनाए । उनले भने, ‘हामीले प्रदेश प्रमुखलाई भनिसकेका छौं, अव संघिय सरकारलाई पनि जानकारी गराएर कर्मचारी पठाउन अनुरोध गछौं, चाँडै कर्मचारी नपठाए कार्यालय नजाने मनस्थितिमा पुगीसकेका छौं ।’ नगरकै वडा नम्वर ६ का वडा अध्यक्ष मो. मोतिवुल रायनले वडामा हामीले नगरपरिषदले पास गरेको योजनाको उपभोक्ता समितिहरु गठन गरेपनि काम कसरी गर्ने भन्ने अन्यौल छाएको बताए । उनले भने, ‘प्रशासकिय प्रमुख बासुदेव कुमार यादव दुई दिन अघि आएर अख्तियारको तारेख छ, म काठमाडौं नै वस्नु पर्ने भएकाले कार्यालयमा आउन नसक्ने भनेपछि झन अन्यौल छाएको छ ।’

गत चैत ४ गते लेखापाल जयराम चौधरीलाई २० हजार घुससहित पक्राउ परेपछि सोही मुद्दामा प्रशासकिय अधिकृत बासुदेव कुमार पनि अख्तियारमा तानिएको जनाएको छ । लेखापाल चौधरीले कार्यालयको सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगरपालिकाका वडा सचिवसँग २० हजार घुस लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सुखिपुर नगरपालिकामा ...

दलित विकास मञ्च (DDF) गाेलबजार सिरहाकाे अायाेजनामा Helen Keller international काे अार्थिक सहयोग र सु ...

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१