ताजा समाचार

जनकपुरधाम मा मोदी भ्रमण र नागरिक अभिनन्दनको लागि तौयारिहरु द्रुत गतिमा कार्य प्रारम्भ

  • वैशाख १३, २०७५
  • ९०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

रंगभूमी मैदान देखी जानकी मंदिर सम्म को सरसफाई र बाटो मरम्मत सम्भारमा जुटे स्थानिय जिम्मेवार सरोकार्रवाला हरू । बारहबीघा सर सफाई आजै देखी सुरु गरिएको छ । नागरिक अभिनन्दन की लागि जनकपुरधामको बारहविघा रंगभूमी मैदान पक्का भएपछि अहिले मंच ब्यवस्थाको लागि भारतीय पक्ष र प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई सहित जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख सहित राजपाका नेताहरु समेत अहिले बारहबीघा को निरीक्षण गर्दै छन । आज बाट रंगभूमी मैदान भित्र पर्किंग गर्न राखिएको एम्बुलेंस र अन्यगाडीहरु समेतलाई स्थाननान्तरण गरिएको हो । भित्र सुरक्षा कर्मी तैनात गरिएको दृश्य पनि देखिएको हो । यही बैशाख २८ गते नेपाल भ्रमण मा आउन लागेका भारतीय प्रधान मंत्री जनकपुर आउने पक्का भएपछि बाटो घाटो मरम्मत सम्हार देखी लिएर सरफाईको लागि थप जनशक्तिहरू परिचालन गरिएको छ । मोदी जनकपुर हेलीकॉप्टर बाट आउने भएपछि रंगभूमी मैदान भित्र हेलिपैड को लागि स्थान कुन उपयुक्त हुने बारे पनि विमर्श भएको हो । बारहबीघा मैदान देखी जानकी मन्दिर र पुनः बारहबीघा मा आएर नागरिक संबोधन र अभिनन्दन हुने बताइएको छ st।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤