ताजा समाचार

विकाश शारडाको पसलमा बम विष्फोट गराउने एक जना पक्राउ

  • वैशाख १२, २०७५
  • ११३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ बैशाख १२ । सिरहाको लहान नगरपालिका–७ स्थित विकाश शारडाको सुनचाँदी पसलमा बम विष्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिरहाको सुखिपुर नगरपालिका–५ का २३ वर्षीय इन्द्रदेव कामतीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजेन्द्र भेटवालले जानकारी दिए। अन्य फरारहरुको खोजी गर्न प्रहरी टोली परिचालन गरिसकिएको उनले बताए। चैत्र ९ गते विकास शारडाको सुनचाँदी पसलमा दिउँसै बम विष्फोट गराइएको थियो। प्रेसरकुकर बम विष्फोटमा पसल सञ्चालक शारडा, उनका भाइ राहुल, कामदार अस्मिता कुमारी चौधरी , विनिता कुमारी चौधरी तथा समान खरिद गर्न आएका नवराजपुर गाउँपालिका–३ की देवकुमारी यादव, उनका ७ वर्षीय छोरा सतिस यादव, लहानकी बबितादेवी यादव र सप्तरीको सरुङ्गा नगरपालिका–६ का मनितादेवी राम घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤