ताजा समाचार

वैशाख १५ पछि सडकमा खाल्डाखुल्डी देखिए मलाई फोन गर्नुहोस्: मन्त्री महासेठ

  • चैत ११, २०७४
  • १३९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र ११ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आउँदो वैशाख १५ गते भित्रमा देशैभरीका राजमार्गमा रहेका सबै खाल्डाखुल्डी बनाइसक्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको अनुमगनपछि चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पूर्न निर्देशन दिएको बताउनुभयो । वैशाख १५ गते भित्र सडक विभाग अन्तर्गत पर्ने सबै राजमार्गमा खाल्डाखुल्डी देखिए आफूलाई फोन गरेर जानकारी अनुरोध गर्नु भएको छ । ‘खाल्डाखुल्डीरहित राजमार्ग सम्भव छ र हुनुपर्छ, त्यसैले निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो, ‘अब पनि राजमार्गमा सामान्य खाल्डाखुल्डी नपूर्ने सम्बन्धित निकायका कर्मचारीलाई कार्वाही गर्छु ।’ मन्त्री महासेठले खाल्डाखुल्डी भेटेको पाएमा सम्बिन्धित निकायका कर्मचारीलाई कार्वाहरी गर्ने चेतावनी दिनुभएको छ ।काठमाडौं भित्रका सडकका खाल्डा १५ दिन भित्र पुरिसक्ने महासेठले बताउनुभयो । उहाँले आफू एक्लै पनि जुनसुकै समयमा सडकको अनुगमनमा निस्कने र खाल्डाखुल्डी भएको पाएमा सम्बिन्धित कर्मचारीलाई कार्वाहरी गर्ने जिकीर गर्नुभयो ।

बालकोटस्थित प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको घर अर्कैको कब्जामा

सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा बालकोटस्थित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा सरेका छन् ।

मन्त्री क्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै साइतमा ओली निवासमा सरेका हुन् ।ओली सरकारका सञ्चार राज्यमन्त्रीलाई भेट्नुपर्‍यो भने अब बालकोटस्थित ओली निवास जानुपर्नेछ । प्रधानमन्त्री ओलीको परिवार सरकारी निवास बालुवाटार सरेपछि यो घर खाली थियो, जहाँ अब सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटाले डेरा जमाएका छन् ।ओलीको घरमा बस्न थालेको पुष्टि गर्दै राज्यमन्त्री बास्कोटाले भने, ‘घर खोज्दै जाँदा आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीको घर फेला पर्‍यो, आजदेखि म उहाँकै घरमा बस्न थालेको छु । प्रधानमन्त्रीज्यूको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त मैले नै लागू गरेँ ।प्रधानमन्त्री ओलीले सरकारी खर्च कटौतिको सिद्धान्त अघि सारेर त्यसको शुरुवात आफ्नै सचिवालयमा ब्यापक कटौतीबाट थालेका छन् । त्यस्तै सरकारको खर्चमा विदेश भ्रमणमा रोक लगाएका छन् ।बास्कोटाले ओलीको बालकोटस्थित घरमा बसुन्जेल मन्त्रीले आवास वापत पाउने भाडा रकमसमेत नलिने बताए । उनले भने, ‘प्रधानमन्त्रीले मसँग घर भाडा लिनुहुन्न, म पनि सरकारी कोषबाट घरभाडा लिन्न । सदुपयोगको सिद्धान्त यहीँबाट लागू हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤