कांग्रेस धनुषामा समायोजनको विषयलाई लिएर विवाद

  • श्रावण १३, २०७७
  • ११२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महाधिवेशन प्रक्रिया सुरु भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रका असन्तुष्टि सार्वजनिक हुन थालेको छ । फागुन पहिलो साता पार्टीको १४औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका संशोधन गरेको केही दिनमै कांग्रेसमा गुटगत विवाद देखिन थालेको हो । नेपाली कांग्रेस धनुषामा समायोजनको विषयलाई लिएर विवाद बढेको छ । नेपाली कांग्रेसका पुर्व सांसद डा.चन्द्रमोहन यादव , दिनेश प्रसैला , सचिव विशेश्वर यादव , नवीन गोहिवार सहितका कांग्रेसका नेताहरुले मंगलवार जनकपुरमा पत्रकार सम्मेलन गरि पार्टी अध्यक्ष एकलौटी रुपमा अगाडि बढेको आरोप लगाएका छन । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पुर्व सांसद डा.चन्द्रमोहन यादवले धनुषामा एकलौटी रुपमा समायोजन गर्न खोजिएको आरोप लगाएका छन । सभासद डा. यादवले नेपाली कांग्रेस स्थानीय तह संगठन पुर्नसंरचनाको अन्तिरम व्यवस्था निर्देशिका , २०७६ को दफा ६ को (ग) बमोजिम धनुषाको क्षेत्र नं. २(२) को जेष्ठ पदाधिकारी प्रदेश सभा क्षेत्रीय कार्य समितिको सभापति हुनुपर्नेमा निर्देशिका विपरित समायोजन गर्न खोजिएको आरोप लगाईएको छ । पत्रकार सम्मेलनमा पुर्व सांसद डा.यादवले समायोजन प्रक्रिया विधि र विधान अनुसार हुनुपर्नेमा जोड दिए । डा.यादवले लक्ष्मीनिया गाउंपालिकाको बनिगामाको राम ईश्वर यादवलाई उपसभापति बनाउनुपर्ने सहमति भएपनि पूर्व सहमति विपरित शुभनारायण यादवलाई उपसभापतिमा मनोनित गरि निर्देशिका विपरित काम भएकोले सो निर्णय खारेज हुनुपर्ने मांग गरे । त्यसै गरि पत्रकार सम्मेलनमा पुर्व सांसद दिनेश प्रसैलाले विधान र निर्देशिका विपरित गर्न खोजिएको समायोजनको घोर भत्र्सना गरेको छन । उनले पार्टी कसैको एकलौटी सम्पति नभएकोले निर्देशिका विपरित भएको समायोजन खारेज हुनुपर्ने मांग गरे । सांसद प्रसैलाले भने प्रदेश सभा क्षेत्रिय सभापति छनौट गर्न जिल्ला सभापति , जिल्ला सचिव र निर्वाचन प्रतिनीधिलाई जिम्मा दिईएपनि ११ महिनासम्म पनि छनौट गर्न नसक्नु दुर्भाग्यपुर्ण छ । पत्रकार सम्मेलन नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले सबैभन्दा ठुलो विधान रहेकोले विधानभन्दामाथि कोही पनि हुन नसक्ने बताए । त्यसैले समायोजना निर्देशिका अनुसार नै हुनुपर्नेमा जोड दिए । सम्मेलनमा कांग्रेसका नेता नविन गोहिवारले निर्देशिका विपरित भएको समायोजनको विषयमा असन्तुष्टि व्यतm गरेका थिए । नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ पिडरिया माईस्थानस्थित पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेवि संघका पुर्व सहमहामन्त्री नवलकिशोर यादव , विद्यार्थी नेता पुष्पेन्द्र यादव लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१