बिपी कोइरालाको ३८ औं स्मृति दिवसको उपलक्षमा लहान अस्पतालमा फलफुल वितरण

  • श्रावण ८, २०७७
  • ६२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा ८ श्रावण - प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवस सिरहाको लहानमा पनि मनाईएको छ । नेपाल विद्यार्थी संघ सिरहाले रा.उ.स्मारक अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन । नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा समाज सेबि महेश चौधरी र नेपाल महिला संघ की केन्द्रिय सदस्य सगिता कर्माचार्य की जोडीले बिगत केहि महिना देखि मिडियामा ब्यापक चर्चामा रहेका राहत अभियानता जोडी पनि उक्त कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका लहान नगर सभापति सुनिल महतो, पार्टीका जिल्ला उपसभापति तथा युवा नेता बिष्णु साह बनियाँको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसैगरी नेबिसंघका निवर्तमान सहमहामन्त्री परमेश्वर साह, युबा नेता देबनाथ यादब,अब्दुल करिम खान, मनोज कोइराला, नेपाल् विद्यार्थी संघका नेता सन्जिब ठाकुर, गोपाल यादब, इन्द्र्जित गोइत,नेबिसंघका कपिल साह, मो. मुस्ताक लगायतका नेताहरुको सहभागीता रहेकोे थियोे । अस्पतालमा भर्ना भएका करिब १०० सय जना बिरामीहरुलाई स्याउ, केरा, आँप, बिस्कुट, जुस बितरण गरेका हुन् लहान अस्पतालका प्रमुख डाक्टर सुनिल कुशवाहाको निगरानिमा फल फुल वितरण गरेको आयोजकले जानकारी दिनु भयो । बिपीको ३८ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँएका हुन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो। क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बनेका थिए। विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। उनले सरकार मा हुँदा बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्वपूर्ण कार्यक्रम घोषणा गरेका थिए। विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए। उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ। क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१