Siraha Times
ताजा समाचार

जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना

  • वैशाख ७, २०७५
  • १०४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ७ । आफुहरुको पहिचान संघीय सरकारले सुनियोजित ढंगले खोसेको आरोपसहित आन्दोलनरत आदिवासी÷जनजाति आवद्ध संघ संस्थाहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना बसेका छन् । दश वर्षे सशस्त्र युद्धबाट आदिवासी÷जनजातिहरुले प्राप्त गरेको पहिचान सरकारले खोसेको भन्दै आदिवासी÷जनजाति आवद्ध आन्दोलित २२ वटा संघ संस्थाहरुले ७ वुँदे माग राखेका छन् । मुलुकका ३५.२ प्रतिशत जनताले मनाउँदै आएका सांस्कृतिक पर्वहरु तमु, सोनाम र ग्याल्वो ल्होसार, उद्योली तथा माघेसंक्रान्ति पर्वको सार्वजनिक विदा खारेजी गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता, प्रदेशको नामाकंन गर्दा पहिचान र स्थानिय भाषालाई मान्यता दिनुपर्ने माग गरेका छन् ।यस्तै काठमाण्डौका नेवार आदिवासीहरुको आदिभुमिमा गैरन्यायिक रुपमा गरिएको सडक विस्तार बन्द गर्नुपर्ने, संविधानको धारा ५६(५) अनुसार राजनैतिक अधिकारसहित विशेष, संरक्षित र स्वायत क्षेत्र गठन गर्नुपर्ने तथा वहिष्कृत, सिमान्तकृत, उत्पीडित वर्गले उठाउँदै आएका सवालहरुलाई सम्वोधन हुने गरी अविलम्व संविधान संशोधन गर्नुपर्ने लगायतका माग गरेका छन् ।

आफुहरुको माग अविलम्ब सम्वोधन नभए कठोर आन्दोलनमा जाने र आन्दोलनबाट हुने अप्रिय घटनाको जिम्मेवारी राज्यपक्षलाई नै लिनुपर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।बिरोध सभामा थारु कल्याण कारिणी सभाका पुर्व केन्द्रिय पार्षद एवम आदिवासी जनजातीका प्रशिक्षक जबाहार लाल चौधरी, नेपाल धानुक समाज सप्तरीका कोषाध्यक्ष हरि मण्डल, थारु कल्याण कारिणी सभा सप्तरीका निमित्त अध्यक्ष दिल कुमारी चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, नेपाल मगर संघ सप्तरीका उपाध्यक्ष शान्ति घले मगर, किराँत राई यायोक्खा सप्तरीका मुकेश राई लगायतकाले मनतव्य व्यक्त गरे । यसैगरी नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद राजविराजका अध्यक्ष अनार कुमारी चौधरी, शम्भुनाथका श्रीनारायण चौधरी, खडकका राजेन्द्र प्रसाद चौधरी, अग्नीसाईर कृष्णासवरणका कल्पना चौधरी, शिक्षिका निर्मला चौधरी सहितका विभिन्न जातिय संगठनका प्रतिनिधि र आदिवासी जनजाती अभियान्ताहरुले समेत विरोध कोण सभालाई सम्बोधन गरेको थियो ।

यसअघि गत सोमवार उनीहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका लागि ज्ञापन पत्र वुझाएका थिए । नेपाल आदिवासी जनजाति महासंघको पूर्व निर्धारित चरणबद्ध आन्दोलन अनुसार वैशाख ८ गतेदेखि १६ सम्म विचार गोष्ठी र अन्तरक्रिया, वैशाख १७ गते बुद्ध जयन्तीसहितका चार्डहरुलाई सांस्कृतिक आन्दोलनका रुपमा मनाउने तथा वैशाख २२ गते विरोध सभा गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ्गले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१