जनकपुर भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए

  • वैशाख ७, २०७५
  • ११६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ७ । मिलोमतोमा भन्सारबाट पास भएपछि राजस्वले नियन्त्रणमा लिएको तस्करमिा संलग्न रहँदै आएका रहमानको मालसमान छुटाउन गएका जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी र प्रहरीबीच झडप भएको छ । मध्य क्षेत्र राजस्व कार्यालय पथलैयाका कर्मचारीहरुले भन्सारबाट चेकजाँच भै निस्केका मालसमानहरु बुधवार नियन्त्रणमा लिएका थिए । गाडी सहित बरामद भएको मालसमानको चेकजाँच भन्सार कार्यालयमै हुनुपर्ने अडान जउवा संघका पदाधिकारीहरु भन्सार कार्यालयमा पुगेका थिए ।

दुवै पक्षबीच मालसमानहरु बर्दिबासमा चेकजाँच गरी अवैध ठहरिए कार्वाही र वैध भए तत्काल फिर्ता गर्ने लिखित सहमति भएको जउवा संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र साहले भने, तर सहमति विपरित मालसमानहरु पथलैया लगेपछि भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ ।’भन्सार कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट समान्य चोट लागेको जउवा संघका अध्यक्ष ललित कुमार साहले जनाए । जउवा संघका केहि पदाधिकारीहरु भन्सार कार्यालयमै पुगेका थिए ।राजस्व अनुसन्धानले बरामद गरेको ज १ ख ८७९ नम्बरको गाडी सहितको मालसमानहरु कुख्यात तस्कर रहमानको रहेको छ । लामो समयदेखि कैरियरको कामगर्दै आएका रहमानले पछिल्लो समयमा केहि मालसमानहरुको न्यून्तम मूल्य निर्धारणमा एउटा प्रज्ञापन कटाएर कयौं पटक मालसमान ढुवानी गरेको खुलासा भएको छ ।जनकपुर भन्सारका केही कर्मचारी विभागमा झिकाइएका र केही कर्मचारीहरुको छानविन भईरहेको उल्लेखगर्दै राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काफ्लेले जनाए ।उनले पछिल्लो घटनामा समेत भन्सारका कर्मचारीहरुको संलग्नता देखिए उनीहरुपनि कार्वाहीमा पर्ने बताए ।जनकपुर भन्सारबाट संस्थागत रुपमा तस्करी हुँदै आएको छ ।प्रहरी र भन्सार कार्यालयको संलग्नतामा दर्जन बढी तस्करहरुले धन्धा चलाउदै आएका छन् । भन्सार छल्न केहि व्यवसायीहरु संगठित तस्करहरुको समुह मार्फत ‘कैरियर’ गराउँदै आएका छन् । तस्करहरुले कैरियर गरी ल्याउने मालसमानहरुमा मूल्यको १० प्रतिशत लिने गरेका छन् । १० प्रतिशतमा ढुवानी, प्रहरी, सशस्त्र प्रहरी र भन्सार लगायतका निकायहरुमा तस्करहरुले रकम बुझाउने गर्छन् । मालसमान जफ्त भए तस्करहरुले क्षतिपूर्ती तिर्नुपर्ने सहमति छ । तस्करीमा भन्सारको सेटिंग मिलाउनेमा सोहन जलान अगाडी छन् । उनले तस्करीको मालसमान देशको विभिन्न भागहरुमा पु¥याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

हज सचेतना कार्यक्रम ...

कृष्णनगर, कपिलवस्तु, मंसिर ११ नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना का ...

तत्मा र कथित पत्रकार ...

रन्जित चौरसिया वीरगंज। पर्सा प्रहरीले आइतवार पक्राऊ गरेका सन्तोष दास तत्मा र कथित पत्रकार हरिशंकर शर ...

सिरहामा ३३ औं लैङ्गि ...

संजू कुमारी दास मङिर १० , लाहान सिरहा हामी सबैको प्रतिबद्धता, लैंङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१