ताजा समाचार

सप्तरीका किशोरीहरुले “आत्मरक्षा” तालिम लिँदै

  • वैशाख ७, २०७५
  • ८९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख ७। सप्तरीको विभिन्न स्थानमा किशोरीहरुले अहिले आफ्नो रक्षाका लागि “आत्मरक्षा” तालिम लिन लागिपरेका छन् । विगतमा जिल्लामा बढ्दो महिला हिंसाले सबैभन्दा बढी महिलाहरु नै पीडित भइरहेको अवस्थामा सप्तरी प्रहरी र स्थानिय एक संस्थाको अग्रसरतामा सो तालिम दिने थालिएको हो । नेपाल प्रहरीको जबर्जस्ती करणी विरुद्धको तीन महिने अभियान अन्र्तगत सो तालिमलाई प्राथमिकतामा राखि सुरु गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । उनले महिला हिंसालाई न्युनिकरण गर्न र किशोरीहरुलाई आत्मबल मिलोस् भन्ने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको बताए । जिल्लाको १८ वटै स्थानिय तहमा तालिमको आयोजना गरिएको उनले बताए । यता बिहीबार जिल्लाको डाक्नेश्वरी नगरपालिका पातोमा ६० जना किशोरीहरुले आत्मरक्षा सम्बन्धी अभिमुखीकरण अन्तरगत तालिम लिएका छन् । स्थानिय समुदायका १० बर्ष देखी २० बर्ष सम्मको ६० जना किशोरीहरुलाई सो तालिम लिएका हुन् । यसअघि जिल्लाको सुरुङ्गा नगरपालिका मलहनमा र कुशहाका ५० जना किशोरीहरुले सो तालिम लिएका थिए । युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड सगँको साझौदारीमा सबल नेपाल सप्तरीद्वारा संचालित पहँुच परियोजना अन्र्तगत विपन र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम दिइदै छ । प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र किशोरीहरुलाई जबर्जस्ती करणी सचेतना तथा कसैले जबजजस्ति गरेमा, बलात्कार गरेमा अथवा नराम्रो अश्लिल शव्दहरु प्रयोग गरेमा हुने सजायहरुको बारेमा अधारभुत जानकारी दिइएको छ । हुकोडन नेपालका कानुन तथा तालिम अधिकृत शिबनाथ साहले अभिमुखीकरणमा किशोरीहरुलाई कानुनी प्रक्रिया, बलात्कारका प्रकृतिहरुको बारेमा दण्ड सजाय तथा क्षतिपुर्ति सम्बन्धमा विस्तृतरुपमा जानकारी दिए । कार्यक्रममा न्याययिक समितिका काम कर्तव्य र अधिकारहरुको बारेमा न्यायिक समितिको संयोजक इन्दु कुमारी यादवले जानकारी दिएकी थिइनु भने नगरपालिकाको वार्ड नं. ५ को अध्यक्ष दुखरन मण्डले यस्ता शिपहरु किशोरीहरुका लागि अतिआवश्यक रहेको बताए । कार्यक्रममा स्थानिय मेलमिलाप समुदायका अध्यक्ष बालकृष्ण पण्डित, हुकोडन नेपालका पहँुच कार्यक्रम संयोजक नन्दनी यादब र आत्मरक्षा तालिमका सहभागि नम्रता परियारले उक्त कार्यक्रको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤